परिवर्तन ! - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

परिवर्तन !



आकाशे पुल भनेको के हो । कस्तो हुन्छ । नाम नै आकाशे पुल भने पछि त पक्कै आकाश मै हुँदो होला। पक्की हुँदो होला या कच्ची हुँदो होला भन्नी धारणा काठमाडौँ आए पछि बद्लिए ।सानोमा स्कुल पढ्दा धेरै चोटि आकाशे पुलको चर्चा सुनेको थिए ।अनि के साँच्चै नै किताबमा लेखे जस्तै होला र आकाशे पुल भन्नी मनमा अनेकौँ प्रश्नहरू आउन्थे ।आउनु पनि स्वाभाविकै थियोे ।

एउटा सानो र भौगोलिक विकटताले भरिपूर्ण गाउँ जहाँ प्राविधि ,विज्ञान र विकासको टाढा टाढासम्म पनि कुनै सम्बन्ध छैन ।जहाँ आज पनि १९औ शताब्दी जस्तै उनै पुराना रुढीबादी परम्परा ,पितृसत्तात्मकले जक्डिएको समाज,छुवाछूत जस्तो कुप्रथा ,छोरा प्रतिको आकर्षण ,छोरी अर्कोको घर जाने जात भन्ने जस्ता कुरितीहरु पुराना पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आइ रहेको समाजमा मैले आकाशे पुल प्रति तेस्तो धारणा बनाउनु नौलो होइन ।साथै पश्चिमी सस्कृती प्रति पनि घोर विरोधी म पनि अनि मेरो समाज पनि ।मेरो त केही पनि बिगारेका छैनन् तर यिनी मेरा अग्रजहरुको के बिगारेका होलान् जस्तो लग्थ्यो उनीहरूबाट पश्चिमिहरुको बारेमा सुनी रहदा मन खिन्न हुन्थ्यो कहिलेकाही त ।किन यती धेरै घृणा गर्दा होलान् भन्नी मनमा अनेकौँ प्रश्नहरू आउन्थे ।

आकाशे पुलको जस्तै पश्चिमीहरु प्रति पनि तेस्तै कौतुलता थियो मेरो मनमा ।अन्त्यता अचानक देश छोडन बाध्य भए अनि सिधा पश्चिमिहरुको बिचमा पुगे ।उनीहरूको बिचमा बकुल्लाहरु बिचको हाँस सम्झिए। सम्झनु पनि स्वभाविक नै थियो ।फरक धर्म ,फरक संस्कृति ,फरक रहनसहन ,फरक भाषा र फरक सोच यत्ति धेरै दुरिहरु थिए उनीहरू र म बिच ।म तेस्तो समाजबाट आको उनीहरू बिच आफ्नो अस्तित्व खोज्नु भनेको एकदम कठिन कार्य थियोे ।

आज करिब तीन वर्ष हुन लाग्यो उनीहरुसङ बस्न थालेको समयको पत्तो नै भएन कत्ती छिटो बितेको समय पनि । तर आज यी पश्चिमिहरु प्रति मेरो मनमा कुनै तेस्तो घृणा छैन ।आज म यिनीहरू प्रति धन्यवादात्मक छु। यिनीहरूले मलाई केही न सिकाए पनि यिनिहरुबाट धेरै कुराहरू जान्ने अवसर पाए ।अनि यिनीहरू प्रतिको आफ्नो नकारात्मक सोच सम्झदा पनि आफूलाई शर्मले झुकेको महसुस हुन्छ कहिलेकाही त ।साँच्चै भन्नू पर्दा यिनीहरू र हामीहरू बिच कोसौ दुरि छ र फरक पनि ।मेरो देशको स्थिति र यिनीहरूको देशको स्थिति देख्दा लाग्छ कि हामीहरूले यिनीहरूको अनुसरण गर्नु नितान्त आवश्यक छ।

देशको उन्नति र प्रगतिको लागि भए पनि देखासिकी गर्नै पर्छ ।देखासिकी भनेर फेरि उनीहरूको जस्तो चालचलन ,उनीहरू जस्तै धर्मसस्कृती ,उनीहरू जस्तै विलासितापूर्ण जीवन शैली होइन बल्की उनीहरू जस्तै अवसरमा अवसर खोज्ने,मिनेट मिनेटमा नयाँ नयाँ प्रविधिहरूको आविष्कार ,खराबलाई राम्रो बनाउने ,राम्रोलाई अझ राम्रो बनाउने प्रयास ,समय प्रति सतर्कता ,कामलाई सानो ठुलो न सम्झी राम्रो ढङ्गले सम्पन्न गर्ने ,हरेक काममा आफ्नो नेतृत्वको राम्रो छाप छोडने,आफ्नो कामको पूरा जिम्मेवारी उठाउने ,अनुशासन लगनशीलता जस्ता व्यहारहरु सिक्नु हामी नेपालीले अत्यन्त जरुरी छ आफ्नो लागि पनि देशको लागि पनि ।

मैले सधैँ आफ्नो समाजबाट सानालाइ माया गर ठुलालाइ आदर गर भन्नी सिके तर आज यिनीहरू बिच आउँदा थाहा पाए कि सानालाइ माया गर्दा आदर छुट्टने रैछ अनि ठुलालाइ आदर गर्दा माया छुटदो रैछ यहाँ माया र आदर दुवैलाई बराबरीमा दिन्छ।मेरो देश त भौगोलिक रूपमा त विभाजित त छ्दै छ अझ त्यसमा पनि २ वर्गमा बाडे्का छौ एक धनी वर्ग एक गरिब वर्ग,एक पुरुष वर्ग एक महिला वर्ग ,एक बाहुन क्षेत्री वर्ग एक दलित वर्ग ,एक टाठाबाठाहरुको वर्ग एक हुत्तिहाराहरुको वर्ग यति मात्रै कहाँ हो र अझ कति छन् कति यस्ता छुट्टाइ सक्नु छैन । तर यहाँ मेरो देश जस्तै कुनै वर्ग विभाजित छैन ,यहाँ यी सबै वर्ग एक समान छन् ।

यहाँ मेरो देशमा जस्तै कसैले कसैलाई हेप्ने ,दबाउने प्रवृति मैले देखिन्न यहाँ यी सबै एकअर्कोमा परिपुरक छन् ।एकअर्को प्रति धन्यवादत्मक छन् ।सबैको एक अर्को प्रति सकारात्मक सोच छ । यहाँ मेरो देशमा जस्तै दिनभरि काम गरेर बेलुका भोकै बस्नु पर्दैन ।यहाँ गरिब गरिबीमा जन्मिएर गरिबीमै मर्दैन ।मेरो देशमा जस्तै यहाँ प्रत्येक दिन १५सयको हाराहारीमा देश छोडने युवाहरू उत्पादन गरिदैन्न ।यहाँ प्रत्येक दिन हजारौँ लाखौँको सङ्ख्यामा आफू र आफ्नो देशलाई सफलताको हरेक उचाइसम्म पुर्‍याउने युवाहरू तयार हुन्छ्न ।

मेरो देशमा भने देशको जिवनस्तर माथि उठाउनु त परै जाओस् आफ्नो जिबनस्तर समेत माथि उठाउने क्षमता पनि नष्ट हुन्छ । मेरो देशले त केही मात्रामा सरकारी कर्मचारी केही मात्रामा राजनितीज्ञहरु अनि बाकी रहेका विकल्प विदेश रोज्ने म जस्तै ।कयौँ युवाहरू आफूभित्र आफू र आफ्नो देश बनाउने प्रशस्त योग्यता र क्षमता हुदाहुदै पनि आफ्नो योग्यता र क्षमतालाई विकासित देशहरूमा कम मूल्यमा बेचिरहेका छन् ।अझै पनि यो लहर सक्किने कुनै सम्भावना त देखिँदैन ।

तर यी पश्चिमिहरुले आफ्ना देशका युवालाई आफ्नै देशमा राखेका छन्।के पश्चिमिहरु हामी जस्तै मान्छे होइनन् र ? हुन भने हामीसंगै मानव इतिहास सुरु गरेर यिनीहरू हामी भन्दा यति भिन्न किन ? हिजो अणु र परमाणु बमले ध्वस्त पारेका यी पश्चिमी सहर हिरोसिमा र नागासाकी यहाँ अबका हजारौँ वर्ष पछि पनि मानव अस्थित्व नरहने भनिएका ठाँउलाई आज यिनै पश्चिमिहरुले आफ्नो अर्थक मिहेनत र परिश्रमले विश्व सामु एक शक्तिशाली र विकासित देश बनाएर खडा गरे । त्यस्तो मरुभूमिमय ठाँउलाई विश्वकै हेर्न लायक सुन्दर बगैंचा बनाइ छाडे।पत्थरलाई पनि हिरा बनाउन्छन आफ्नो कठोर मिहेनत र परिश्रमले यी पश्चिमिहरु। तर हामी हिरालाइ पत्थर बनाउन पनि धेरै समय लगाउदैनौ।

तेस्तै राजनीतिक सन्दर्भमा पनि यिनीहरू र हामीबिच धेरै फरक पाए। गत महिना दसैँ जस्तै देशै भरी चुनाव मनाइयो ।चुनाव आउनु भन्दा ३/४ महिना अघि देखि नै गाउँ गाउँमा प्रचारप्रसार सुरु गरियो।कति ठाउँ पैसा रक्सी र मासुले जन्ताका भोट पनि किनियो। भोलि देश बनाउने युवा र विद्यार्थीहरूको भविष्यलाई खेलवाड गरी विद्यालयलाई केन्द्रबिन्दु बनाइयो सभा समारोह ,बैठक ,चुनावी छ्लफल,विजयी जुलुस मनाइयो। वर्ष ६ देखि वर्ष १०८ सम्मका लाई पनि अब कहिले पनि चुनाव न आउने झैँ गरी राजनीति लाग्यो।

कहीँ राजनीतिले वर्षौ देखिका सम्बन्धहरु चिसिए।कहीँ घरभित्रै लडाइँ झगडा र त कहीँ हत्याकाण्डका समेत घटनाहरू विभिन्न सञ्चार माध्यमबाट सुनियो चुनाव भन्दा बढी महाभारतको युद्ध लाग्थ्यो आपसमा भाइहरु लडेको देख्दा । म पनि अछुत कहाँ रहन्थे र म पनि राजनीतिलाई लिई दुई चार शब्दहरू बोले पनि लेखे पनि तर यिनीहरूको राजनीति भने फरक देखे मैले ।चुनाव आउनु २ /३  दिन अघि सञ्चारमाध्यमबाट जानकारी दियो म त नेपाली दसैँ र महाभारत जस्तै चुनाव मनाउने मान्छे पहिला त अक्क्मक्क भए ।चुनावको दिनमा पनि ९९%मान्छे सदा जस्तै आफ्नै काममा व्यस्त देखे ।जम्मा पन्ध्र मिनेटमै चुनाव सकियो।अनि ठिक अर्को दिन तेहि समयमा नतिजा पनि आयो तर मेरो देशमा जसतै चुनाव सकिएको महिनौं सम्म जसतै विजयी जुलुस देखिन मेरो लागि यो विषय धेरै अनौठो थियो ।हुनु पनि स्भविकै थियो ।

अन्त्यमा मेरो आकाशे पुल र पश्चिमिहरु प्रतिको कल्पना, अनुभव र भोगाइ तिनै भाग अनौठा र अर्थपुर्ण रह्यो।म जस्तै तपाईंहरुमा पनि यस्तै जिज्ञासाहरु होलान् । जिज्ञासाहरु मेटाउनु जरुरी छ । म त सोच्ने गर्छु कि प्रत्येक नेपाली देश छाडि यी पश्चिमिहरुको बिचमा रहनुस ,सकारात्मक पक्ष अनुसरण गर्नुस ।हामी जस्तै यिनीहरूले पनि आफ्नो मानव जीवनको सुरुवात ढुंगे युगबाट नै गरेका हुन। तर फरक यति मात्रै रहेयो कि यिनीहरू आफ्नो सोचलाई विस्तार गरी व्यहारमा उतारि आज डिजिटल युगमा प्रवेश गरे ।हामी ढुंगे युगबाट अलिकति मात्रै मथि उठेयौ। यिनीहरू आफ्नो प्रतिभालाई चितुवाको दौड जस्तै अघि बढ्दै छन् ।हामी कछुवाको भन्दा कम चाल र तालमा छौँ ।