कुनै पनि परिवर्तनमा महिलाको सहभागिता पुरुषको भन्दा कम छैन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कुनै पनि परिवर्तनमा महिलाको सहभागिता पुरुषको भन्दा कम छैन



प्रमिला अर्याल 

पाली समाजमा महिलालाई हेर्ने नजर अजै पनि सुधारात्मक रूपमा विकास हुन सकेको छैन । हुन त आजको महिलाहरू पहिला भन्दा निकै चेतनशीलताको रूपमाअगाडी बढेका छन् यो लोकतन्त्रको  देन पनि हो ।

हरेक परिवर्तनमा महिलाको सहभागिता पुरुषको भन्दा कम छैन । देशमा अहिले तिन प्रमुख पदमा महिला पुगी सकेका छन् । राष्ट्रपति , सभामुख र सर्वोच्च अदालतको प्रधान न्याधिशमा महिलाको नेतृत्व छ । महिला हरुका निमित्त खुसीको कुरा पनि हो । यो परिबर्तित विकासले के जनाउछ भने अब पुरुष प्रधान देश जुन भनिन्थियो बिस्तारै त्यो भ्रमको अंत्य हुँदैछ । मैले भन्न खोजेको के हो भने हिज यही समाजमा महिला लाई पुरुषको दासत्वको रूपमा मात्र हेर्ने चल्न थियो ।

कुनै पनि महिलालाई सरकारी उच्चपदस्थ पदमा आशिन हुन निकै गाह्रो पर्दथियो । अनेक लाल्छना लगाएर महिला माथि दमन अत्याचार र शोषण गरिन्थियो । विडम्बना हामी महिला निर्जिब बनी त्यो दमन सहन बाध्य हुन्थियौ। कतिलाई बोक्सीको आरोप लगाएर दिशा ख्वाउने समाज पनि यही हो र अहिले त्यो नकरात्मक सोच केहीमा यथावत छ ।

दु:ख लाग्छ जुन महिलाले नौ-नौ महिना कोखमा गर्भ  राखेर यो धर्तीमा बच्चा जन्माउछिन , दु:ख सुख हुर्काउछिन र ज्ञानको ज्योति प्रदान गर्छिन तिनै महिलालाई यो समाजले नकरात्मक दृष्टिकोणले हेरेको हुन्छ । किन र के ? का लागि महिला माथि अत्याचार यो अत्यंत सोचनिय विषय छ ।

के हामी पुरुषको दासी र बच्चा जन्माउन मात्र महिला भयका हौत अवश्य होइन । वर्तमानमा ५०% महिलाहरुमा जागरुक्ता फैलिएको देखिन्छ । ५०% मा पनि ५% महिला हरू सरकारी उच्च पदस्थ मा आशन छन् जुन वर्तमानले बताउछ ।

महिला एकता आजको आजको आवस्यक्ता हो । एकता बिना समाजमा महिला माथिको विभेद अंत्य कसरी होला अंतत हामी बिच एकता हुनै पर्छ ।