वीरगञ्जमा गोली हानाहान - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

वीरगञ्जमा गोली हानाहान



वीरगञ्ज । पर्सामा गोली चलेको छ । काठ तस्कर र वन गस्ती टोलीबीच गोली हानाहान भएको बताइएको छ ।

सवडिभिजन वन कार्यालय अन्तर्गत राष्ट्रिय वनबाट सालको काठ ल्याउँदै गरेको तस्कर समूह र वन गस्ती टोलीबीच गोली हानाहान भएको खुलेको छ ।

तस्कर समूहले वन गस्ती टोलीलाई लक्षित गरी एक राउण्ड फायर गरेपछि जवाफमा वन गस्ती टोलीले दुई राउण्ड फायर गरेको बताइएको छ । गोप्य सूचनाको आधारमा सवडिभिजन वन कार्यालय बढनिहारबाट टोली त्यहाँ पुगेको थियो ।

घटनास्थलबाट केहि सालको काट र सामाग्रीहरू बरामद गरिएको छ ।