पार्टी फेर्दै हिड्ने भट्टराईलाई चिडियाखानामा राख्नु पर्छ : नेता गुरुङ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पार्टी फेर्दै हिड्ने भट्टराईलाई चिडियाखानामा राख्नु पर्छ : नेता गुरुङ



काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली काँग्रेसलाई म्युजियममा राख्नुपर्छ भन्ने डा. बाबुराम भट्टराईलाई चिडियाखानामा राख्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता गुरुङले पार्टी परिवर्तन गरिरहने डा भट्टराई जस्ता नेताले यस्तो अनावश्यक कुरा गरि हिड्छन् भन्ने देखाउन समेत डा भट्टराईलाई चिडियाखानामा राख्नुपर्छ भन्ने संकेत दिएका छन् । डा भट्टराईतर्फ संकेत गर्दै नेता गुरुगंले राजनीतिमा बहस चलाउनु भनेको राम्रो कुरा भएको समेत खुलाएका छन् ।

शुक्रबार डा बाबुराम भट्टराईले नयाँशक्ती पार्टी र संघीय समाजबादी पार्टीको एकतापछिको देशब्यापी भाषणमा नेकपा समाप्त हुने र काँग्रेसलाई म्युजियममा राख्नुपर्ने सार्बजनिक अभिब्यक्ती दिएपछि राजनीतिक बृतमा नबगठीत समाजबादी पार्टी नेपाल र डा भट्टराईका बिषयमा टिकाटिप्पणीहरु हुने गरेका छन् ।