नेकपाकी उपाध्यक्षको हर्कत: पार्टीकै बदनाम - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेकपाकी उपाध्यक्षको हर्कत: पार्टीकै बदनाम



बझाङ- बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा ठगुन्ना धामीले आफ्नै पार्टीका युवा नेतालाई तथानाम गाली गरेर आलोचित बनेकी छिन् ।

उपाध्यक्ष ठगुन्ना सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ पनि हुन् ।

सामाजिक सञ्जालमा भ्रष्टाचार गरेर पैसा खाएको भनेर नाताले जेठाजु पर्ने राजु जाग्रीले ठगुन्नाको स्टाटसमा कमेन्ट लेखेपछि विवाद बढ्दै गएको हो । जाग्री केदारस्युँ ७ निवासी हुन् ।

उपाध्यक्ष ठगुन्ना र जाग्रीबीचको फोनवार्ताको अडियो सार्वजनिक भएको छ । फोनमा उपाध्यक्ष ठगुन्नाले जाग्रीलाई सुन्नै नसकिने शब्दहरू प्रयोग गरेर गाली गरेकी छिन् ।

फोनवार्तामा उपाध्यक्ष धामीले अपाच्य शब्द प्रयोग गर्दै जाग्रीलाई झपारेको प्रष्टै सुन्न सकिन्छ ।

जाग्रीले पनि भेट्न आग्रहसहित फोन रेकर्ड गरिरहेको जानकारी गराउँदै धामीलाई झपारेका छन् ।

फेसबुक पोष्टमा ‘घूस खाएको’ भन्ने कमेन्ट गरेको भन्दै उपाध्यक्ष धामीले जाग्रीलाई अपशब्द प्रयोग गरी गाली गरेकी हुन् ।