नेता ओझासहित तिनजना कांग्रेस पार्टीबाट निष्कासित - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेता ओझासहित तिनजना कांग्रेस पार्टीबाट निष्कासित



कैलाली । पूर्वमन्त्री एवम् नेपाली कांग्रेस कैलालीका नेता पुष्करनाथ ओझालाई पार्टीबाट निष्कासित गरिएको छ । उनी माथि कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवालाई प्रतिनिधी सभा सदस्यको निर्वाचनमा हराउन भूमिका खेलेको भन्दै अनुशासन समितिले कारबाही गरेको हो।

ओझालाई समितिले ५ बर्ष सम्म पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । यस्तै गोविन्दराज जोशी र रामबहादुर विष्ट पनि कारबाहीमा परेका छन् । उनीहरुलाई पनि पार्टीबाट निष्काशन गरिएको छ ।

डडेल्धुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निष्काशन गरिएको छ। तीनै जनासँग स्पष्टीकरण सोधेको र जवाफ चिक्तबुझ्दो नभएपछि कारबाही गरेको कांग्रेसले जनाएको छ ।