माओवादी केन्द्रको पार्टी ‘हेर्डक्वाटर’ मधेसमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

माओवादी केन्द्रको पार्टी ‘हेर्डक्वाटर’ मधेसमा



काठमाडौं,साउन १८  । दुई नम्बर प्रदेशको निर्वाचन तयारीका लागि माओवादी केन्द्रले पार्टी ‘हेर्डक्वाटर’ नै मधेसमा राख्ने भएको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत नेता मधेसमा रहने गरे पार्टी हेडक्वार्टर मधेसमै राख्न लागिएको हो ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ– हेर्डक्वार्टर नै मधेसमा परिचालित हुने कार्यक्रम बनेको दुई नम्बर प्रदेशका संयोजक विश्वनाथ साहले जानकारी दिए ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता श्रेष्ठ र थापालगायत नेता भदौ पहिलो सातादेखि मधेसमै केन्द्रित हुनेछन् । पार्टी बैठक र प्रशिक्षण सकेर मंगलबार काठमाडौं फर्केपनि नेता फेरि एक सातापछि नै मधेस झर्ने योजना बनेको छ । ‘अध्यक्षलगायत शीर्ष नेता चुनाव हुने दिनसम्मै मधेसमै बाक्लो उपस्थिति जनाई परिचालित हुनुहुन्छ,’ शाहले भने ।

प्रचण्ड, श्रेष्ठ र थापा मात्रै होइन, दुई नम्बर प्रदेशका आठै जिल्लामा जिल्लाले मागेका जुनसुकै नेतालाई जिम्मेवारी नै तोकेर परिचालन गर्ने योजना पनि माओवादीेले बनाएको छ ।