घटे पर्यटक - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

घटे पर्यटक



काठमाडौं- २० लाख पर्यटन भित्राउने महत्वकांक्षी लक्ष्यसहित नेपाल भ्रमणवर्ष मनाइरहँदा अघिल्लो वर्षको पर्यटक आगमन तथ्यांक भने निराशाजनक रहेको पाइएको छ ।

सन् २०१९ मा ११ लाख ५२ हजार ५०१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन अघिल्लो वर्ष २०१८ को तुलनामा १.७५ प्रतिशतले कम हो ।

अध्यागमन विभागका अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो सन् २०१७ तुलनामा २४.७ प्रतिशतले बढी थियो ।

यसरी हेर्दा सन् २०१८ को पर्यटक आगमन हालसम्मको उच्च देखिएको छ ।

सन् २०१९ मा पनि नेपाल भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा बढी दक्षिण छिमेकी मुलुक भारतबाट २ लाख ९ हजार ६११ र दोस्रोमा उत्तरी छिमेकी चीनबाट १ लाख ६९ हजार ५४३ रहेका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।