पर्यटन :आर्थिक विकासको पक्ष - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पर्यटन :आर्थिक विकासको पक्ष



पृष्ठभूमि :

राजनीतिक अस्थिरताले छिचोलिदै आएको हाम्रो जस्तो बिकाससिल देशमा आर्थिक वृद्धि र विकास हुन अलि समय लाग्नु स्वभाविकै हो । हाम्रो धेरै जस्तो समय राजनीतिक उतारचढाव मै ब्यथित भयो । बि.स २००७ यता कै मात्र कुरा गर्दा पनि बढी जस्तो समय राजनीतिक अस्थिरताले नै लिएको पाइन्छ । सरकार बनाउने सरकार गिराउने यी र यस्तै हिसाबले गएको ३० वर्ष मै २८ सरकार प्रमुख भएको पाइयो । पहिला राणा अनि राजा,पन्चायत हुँदै २०६२/६३ सम्म आउँदा निरङ्कुश एकदलीय पन्चायत आन्दोलन मै बित्यो भन्दा फरक नपर्ला । २०४७ मा प्रजातन्त्र को पुनःस्थापन गरे पनि मूल शासन राजाकै थियो जुन जहानिया निरङ्कुश एकतन्त्रीय रूपले अगाडि बढेको थियो ।

यही बिचमा फेरि मुलुक ले जनयुद्धको नाममा भयानक गृहयुद्ध को सामना गर्नु पर्‍यो ।तत्कालीन युद्धरत पक्ष वार्ता सहमति सम्झौता हुँदै सरकार सञ्चालन गर्न सक्ने हैसियत हुँदा सम्म मुलुक ले केही कायापलट बेहोरेन । व्यक्ति, बरिबेश, अवस्था,शासन पद्धतिमा मा परिवर्तन आयो तर प्रवृत्ति मा कुनै फेरबदल भएन । २०४७ को संविधान हुँदै अन्तरिम संविधान २०६३ ले पनि जनपक्षीय रूपमा काम गरेन भनेर बरु २/२ चोटि संविधान सभाको निर्वाचन भयो । मुलुक ले आर्थिक ब्ययभार निरन्तर ब्यहोर्दै आयो । हाम्रो राजनीतिक नेतृत्व को ध्यान फगत राजनीतिक हुइया मच्चाउन मा नै ब्यथित भयो । ४ वर्ष मा बन्नु पर्ने संविधान ८ वर्ष लगाएर २०७२ असोज ३ गते घोषणा गर्‍यो ।

संविधान घोषणा सङ्गै केही आशा त पलायो,अब देशले एक निश्चित मोड लिन्छ भन्ने आमधारणा भन्दा विपरीत एउटा समुदाय वा क्षेत्र त्यही संविधान बनेको दिनलाई कालो दिन घोषणा गर्दै सडक मा संविधान लाई च्यात्दै हिड्यो । २०७२ देखि २०७४ को सुरुका महिना सम्म यिनै समूह समुदाय र क्षेत्र कै चित्त बुझाउन सरकार लाग्यो ।देश एक हिसाबले संक्रमणकालमै गयो ।संविधान कार्यान्वयन कोमामा जस्तै भयो । धेरै प्रयासका बाबजुद संविधान कार्यान्वयनको एउटा पाटो, ३ तहकै निर्वाचन हुने क्रममा रह्यो ।

यो आलेख तयार गर्दै गर्दा स्थानीय तह को निर्वाचन ३ चरण मा सम्पन्न भैसकेको छ र मङ्सिर को लागि प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ ! देश अहिले निर्वाचनमय भएको छ । राजनीतिक घटना परिघटनाहरू निरन्तर दैनिक घटिरहेकै छन् ।स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधि आए सँगै आर्थिक विकासले गति लिन्छ भन्ने विश्वास गर्न सकिने अवस्था चाहिँ छ ।

विषय प्रवेश :

पर्यटनले राष्ट्रिय आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने गर्दछ । नेपाल जस्तो प्राकृतिक सामाजिक सास्कृतिक पर्यावरणिय रूपले धनी मुलुक पर्यटनको मुख्य केन्द्रबिन्दु बन्नु स्वभाबिक हो । पर्यटनले रोजगारी कुल ग्राहस्त उत्पादन प्रतिब्यक्ती आय मा वृद्धि गर्ने गर्दछ । ताल तलैयाहरू,नदिनाला झरना,हिमाल पहाड उपत्यका ,जस्ता प्राकृतिक सम्पदा हरू पर्यटनको लागि महत्त्वपूर्ण छनोट का क्षेत्र हुन भने विश्वकै उचो सगरमाथा ,गौतम बुद्ध जन्मस्थल लुम्बिनी ले नेपाल को नाम विश्वमा चिनाएको छ । विश्वमै कहीँ नभाको ताल तलैया यही छन् भने विश्व मा दुर्लभ भएका लोप भएका जिबजन्तु तथा चराचुरुङ्गी पनि नेपाल मै रहेका छन् । मानव जीवनका लागि मात्रै नभै सबै सजीव जीव जनावरकोको लागि उपयुक्त हावापानी र मौसमले गर्दा सबैको केन्द्र बिन्दु नेपाल बन्नु कुनै नौलो कुरा हैन । सामान्यतया घुमफिर गर्नु,मनोरञ्जन तथा प्रयाबरणिय अनुकुलन,असीम प्राकृतिक सुन्दरता र अतुलनीय सास्कृतिक अनुपम नै नेपाल का मुख्य आकर्षकको रूपमा रहेका छन् ।

महत्त्व /आवश्यकता

-विश्व पर्यटन बजार बाट अत्यधिक लाभ लिन सक्ने क्षमता अभिबृद्दी गर्न का साथै प्राप्त प्रतिफल लाई न्यायोचित तरिकाले ग्रामीण तह सम्म पुर्‍याउन ।

-देशभर छरिएर रहेका प्राकृतिक ऐतिहासिक धार्मिक सास्कृतिक तथा पुरातात्त्विक सम्पदा हरू को संरक्षण सम्बर्द्धन तथा दिगो व्यवस्थापन गर्न तथा पर्यटन उद्योग लाई राष्ट्रिय अर्थतन्त्रको विकास को प्रमुख आधार बनाउन ।

-नागरिकको जिबिकोपार्जन र रोजगारी मा वृद्धि गरी जनताको जिवनस्थर मा सुधार गर्न ।

तथ्याङ्कमा पर्यटन :

आर्थिक सर्वेक्षण २0७२/७३ अनुसार स्थल मार्ग बाट आएका भारतीय बाहेक पर्यटन आगमन सङ्ख्या ५,३८,९७० जना आएको र अघिल्लो वर्ष ७,९०,११८ आएको आधार मा ३२ प्रतिशत ले कमी आएको छ । अघिल्लो वर्ष को बसाइ अवधि औसत १२.४४ दिन रहेको मा अहिले झरेर १३.१ दिन पुगेको अनुमान गरिएको छ । पर्यटन हरू विभिन्न उद्देश्य लिएर आएका हुन्छन् । ती मध्हे बिदा मनाउने उद्देश्य ले ७१. प्रतिशत पदयात्रा २.२ प्रतिशत ,व्यापार ३.९ अध्यन र रोजगारी २.८ र अन्यमा १७ प्रतिशत रहेका छन् । नेपाल आउने मा देशै पिछे पर्यटन को सङ्ख्या पनि फरक फरक भएको हुन्छ । सबैभन्दा बढी भारत १४ प्रतिशत ,चीन १२ प्रतिशत ,अमेरिकी १० प्रतिशत ,सृलन्का ८ प्रतिशत ,र बाकी अन्य ५६ प्रतिशत अरू देश बाट आउने पर्यटक रहेका छन् ।

नेपालमा पर्यटन व्यवसाय लाई अगाडि बढाउनको लागि विभिन्न सम्भावना हरू रहेको हामी पाउछौ ! यहाँ खेलकुद आयोजना गर्न सकिने,साहसिक पर्यटन सञ्चालित गर्न सकिने त्यति मात्रै हैन प्राचीन कला र सस्कृतीको खानी हो नेपाल ।

समस्या :

बढी समय राजनीति अस्थिरता मै गयो । विकास का ढोका हरू खोल्ने सम्भावना नै रहेन । विकास भन्दा पनि राजनीतिक विकास र स्थायित्व मै राज्यको ध्यान गयो । नेपाल मा एक त सबै संवैधानिक रिक्तता त नभनौ तर एकखालको भ्याकुम नै पैदा भयो । हामी सङ्ग पर्यटन मैत्री विकासका पुर्बधार ,सुरक्षित हवाई यातायात को प्रयाप्तता,पर्यटन मैतृ वातावरण मैत्री सडक ,होमस्टे तथा ग्रामीण पर्यटन को विकास गर्न नसक्नु हाम्रो बिच मा मुख्य समस्या रहे ।

निरन्तरको बन्द हड्ताल जुलुस को नकारात्मक प्रभाव ,प्रयाप्त सूचना तथा जानकारी को कमी हुनु को साथै पर्यटकीय स्थल हरुको समुचित विकास र पहिचान मा कमी र दक्ष जनशक्ति ज्ञान को कमी अनि कानुनी व्यवस्था तथा कायन्वयन मै समस्या देखिन्छ ।

अवसर :

मुलुकमा अद्दितिय पर्यटन क्षेत्रहरू रहनु ,पर्यटकीय मा पूर्वाधार को विकास हुँदै जानु र छिमेकी राष्ट्रहरुको उच्च आर्थिक वृद्धिबाट ती राष्ट्रहरुमा मध्यम आय वृद्धि तीव्र हुँदै गएको फलस्वरूप नेपाल आउने पर्यटन को सङ्ख्या मा उल्लेख्य वृद्धि हुँदै जानू ।सरकार र निजी क्षेत्र ले पर्यटन क्षेत्रमा उल्लेख्य लगानी गर्नु महत्त्वपूर्ण अवसर हुन । पर्यटन नीति २०६५ तर्जुमा गरी लागू भएको छ । चौधौं योजना (२०७३/७४-२०७५/७६ )को आधार पत्रमा पर्यटन सम्बन्धी सोच लक्ष्य उद्देश्य रणनीति हरू को व्यवस्था गरिएको छ । पर्यटन मन्त्रालय ,विभाग हरू,पर्यटन बोर्ड र सूचना केन्द्र हरू को सस्थागत व्यवस्था बाट पर्यटन क्षेत्र विकास मा एक इटा थप्ने काम भएको छ । बर्तमन बजेट मा विमानस्थल पर्यटन पूर्वाधार र सस्कृती सम्बर्द्धन ,नयाँ गन्तव्यहरूको पहिचान ,सडक पदयात्रा को स्तरोन्नति र सन २०१८ लाई नेपाल भ्रमण वर्ष मनाउन पूर्ण रूपमा बजेट को व्यवस्था गरेको पाइन्छ ।त्यति मात्रै हैन संविधान को धारा ५१(ठ) मा पर्यटन नीति भनी उल्लेख गरेको छ,यसले संवैधानिक मान्यता समेत पाएको प्रस्ट हुन्छ ।

अन्तमा विनाशकारी भूकम्पले पारेको क्षति ,नाकाबन्दी जस्ता अवरोधहरूले गर्दा नेपालको पर्यटन क्षेत्रमा विश्वमा गलत सन्देश गएको छ । यसलाई चिर्दै अगाडि बढयो भने पर्यटनको विकासबाट नेपाल कै आर्थिक विकास र समृद्धि टाढाको विषय हैन ! सम्भव छ ।

बिरेन्द्र महरा