धेरै पसल दर्ता बिनै सञ्चालनमा छन कावासोतिमा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

धेरै पसल दर्ता बिनै सञ्चालनमा छन कावासोतिमा



नवलपरासी , १ असोज । नवलपरासीको कावासोती क्षेत्रमा आइतबार बजार अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा धेरै पसल दर्ता बिना नै सञ्चालन गरिएको पाइएको छ ।मासु पसल, होटेल, एग्रोभेट, औषधि पसल र खाद्यान्न पसलमा अनुगमन गरिएकोमा अधिकांश दर्ता नभएको पाइएको इलाका प्रशासन कार्यालय कावासोतीका शाखा अधिकृत कमल प्रसाद आचार्यले बताए । यस्तै मूल्य सूचि नराखिएको नविकरण नगरिएको, होटेलहरुमा सरसफाई नभएको, एग्रोभेटले अध्याधिक मूल्य लिएको समेत पाइएको छ ।
उनीहरुलाई दर्ता, नविकरण गर्न, उचित मूल्यमा बेच्न र सरसफाई गर्न निर्देशन दिइएको छ । अटेर गरे कानुन बमोजिम कारबाही हुने आचार्यले बताए ।

अनुगमनका क्रममा विभिन्न होटेलहरुमा राखिएको साढे २ सय लिटर अवैध रक्सी बरामद गरिएको छ । बरामद रक्सी सोमवार नष्ट गरिने जनाइएको छ । आइतवार कावासोती र डण्डा बजारको २० वटा पसलमा अनुगमन गरिएको छ ।
नवलपुरका मुख्य मुख्य बजारहरुमा समयअनुकूल अनुगमन गरिने नवलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष डासुराज पोख्रेललले बताए ।