खुल्ने भयो पशुपतिनाथ मन्दिर - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

खुल्ने भयो पशुपतिनाथ मन्दिर



काठमाडौं- लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी सुरू भएको छ । पशुपति क्षेत्र विकास कोषले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खुला गर्ने गरेको हो ।

कोरोना महामारीका कारण लामो समयदेखि बन्द पशुपतिनाथ मन्दिर दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै खुल्ने भएको हो । दर्शनार्थीहरुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मात्र प्रवेश दीने बताइएको छ ।

मन्दिर खुलेपनि विगतमा जस्तै दर्शनका लागि सम्पूर्ण ढोकाहरु भने खुल्ने छैनन् ।सबै ढोका खुला नभएपनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी भएको कोषले जनाएको छ ।

पहिले जस्तो मन्दिरभित्र प्रवेश गरेपछि पुरै परिक्रममा गर्न भने पाइने छैन । सरकारले निर्देशन दिएको दोस्रो दिनपछि नै पशुपतिनाथ मन्दिर सञ्चालन गर्न कोषले तयारी गरेको हो ।

दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै मन्दिर खुला भएपनि विशेष पूजाको व्यवस्था भने नगरिने भएको छ । अहिले नित्य पूजा नरोकिएपनि विशेष पूजा र दर्शन गर्न भने रोक लगाइएको छ ।