पशुपतिनाथको ‘कलिको मुर्ति’ निस्किएपछि संसार ध्वस्त हुने धार्मिक विश्वास : के हो सत्यता ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पशुपतिनाथको ‘कलिको मुर्ति’ निस्किएपछि संसार ध्वस्त हुने धार्मिक विश्वास : के हो सत्यता ?



एजेन्सी – पूर्वीय दर्शन अन्तर्गत हिन्दू र्म शास्त्रमा लेखिए अनुसार ब्रम्हाण्डमा चार ओटा युगहरु हुन्छन्, सत्य युग, त्रेता युग, द्वापर युग र कलि युग । हिन्दु शास्त्रहरुका अनुसार अहिलेको यो सयम कलियुग अन्तर्गतको कालखण्ड हो , जुन अन्तिम पनि हो ।

विभिन्न पुराणहरुमा युगहरुको समय फरक फरक पाइएको छ । चार युग मध्येको पहिलो युग सत्य युग हो । कलियुगपछि पुनः सत्य युगको शुरुवात हुने धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ ।

कलि युगको अन्त्यसँगै सारा संसार ध्वस्त भई नयाँ संसार श्रृजना हुने विश्वास गरिन्छ । कलि युग ४ लाख ३२ हजार वर्षको हुने उल्लेख गरिएको पाइएपनि शास्त्र अनुसार समय भने फरक फरक रहेको पाइएको छ ।

कलियुगको आरम्भ
१२ सय दिव्य वर्षको एक कलियुग मानिएको छ । कलियुग चौथो युग हो । शास्त्रहरुका अनुसार महाभारत युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो । कृष्णको यो युद्धको ३५ वर्षपछि देहान्त भएको थियो, जसपछि कलियुगको आरम्भ भएको विश्वास लिइन्छ ।

कलि युगमा भगवान विष्णुको दशौं अवतारको रुपमा कल्किको प्रभाव रहेको विष्णु पुराणमा उल्लेख गरिएको छ ।

पशुपतिमा कलिको मुर्ति र संसार ध्वस्त हुने विश्वास !

हिन्दुहरुको अराध्यदेव पशुपतिनाथ मन्दिरमा कलिको मुर्ति रहेको विश्वास गरिन्छ । पशुपतिनाथ मन्दिरको पछाडिपट्टि ‘विरुपाक्ष’ को मुर्ति रहेको छ । यस मुर्तिलाई नेपालमा ‘कलिको मुर्र्ति’ को रुपमा लिने गरिएको छ । विरुपाक्ष भगवानलाई शिवको मानवस्वरुप मानिन्छ ।

तर पशुपति जाने जो कोही पनि एक पटक विरुपाक्षको मुर्ति हेर्न पुग्छन् र कलि बाहिर निस्किरहेको बताउँछन् । श्रुतिहरुका अनुसार यो मुर्र्ति जमिनको सतहबाट विस्तारै माथि सर्दै आइरहेको छ । जब यो मूर्ती जमिनबाट पूर्णरुपमा माथि आउँछ त्यसपछि यो संसारको अन्त्य हुने विश्वास गरिएको छ ।

अर्थात यो मूर्ति पूर्णरुपमा बाहिर निस्किएपछि कलियुगको अन्य हुने विश्वास गरिन्छ । कलियुगको समाप्तिपछि यो मुर्ति फेरि जमिनमुनि पुरिने र निस्कदै जाने विश्वास गरिएको छ ।

तर पुराणहरुका अनुसार कलियुगको अन्त्य भने भगवान विष्णु कलियुगको अन्तिममा कल्किको रुपमा देवदत्त नाम गरेको घोडामा चढेर संसारमा आउने र पापिहरुको विनाश गर्ने बताउँछ ।