धर्धरी रोए पशुपती शर्मा र मञ्जु पौडेल (भिडियो) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

धर्धरी रोए पशुपती शर्मा र मञ्जु पौडेल (भिडियो)



काठमाडौं- चर्चित गायक पशुपती शर्मा र उद्घोषिका तथा गायिका मञ्जु पौडेलले प्रेमी जोडीहरूले दिने धोकालाई गीतमा उतारेर बजारमा ल्याएका छन ।

बिल्कुलै फरक शैलीको यो गीतमा प्रेममा भएको धोकाले परिवारदेखी समाजसम्म कतिसम्म असहज बातावरण बनाउँछ भन्ने देखाइएको छ ।

सुरुआतमै मन्दीरमा पहेँलो बस्त्रमा देखिएका गायक गायिका गलतफहमीको शिकार भएपछि प्रेमीहरुले भोग्ने गरेका पिडा, परिवारले गरेको तिरस्कार र मानसिक तनाव लगायतका बिषय गीतमा उतारेका छन् ।

पशुपति र मञ्जु आँफैले अभिनय गरेको उक्त गीतको भिडियो निकै मार्मिक बनाइएको छ । प्रेमपश्चात दिएको धोका र प्रेमीबिच गलतफहमीका कारण भोग्नुपरेको पिडालाई निकै मार्मिक तरिकाले देखाईएको छ ।

‘हजुरैले हो’ बोलको गीतमा सधैं हास्ने मान्छेलाई रोइरहने बनाएको भन्दै एकले अर्कालाई दोशारोपण गरिएको, एउटा नारीले प्रेमीलाई विश्वाश गर्दा भोग्नुपरेको पिडा, र छोरा मान्छेलाई आईपरेको बाध्यता निकै गहन तरिकाले देखाइएको छ ।

बिएमस फिल्म्सले बजारमा ल्याएको उक्त गीतमा स्वर पशुपती शर्मा र मञ्जु पौडेलले दिएका छन भने स्भिनय पनि आँफैले गरेका छन ।

गीतमा शब्द र संगीत पशुपती शर्माले नै तयार परेका छन । एरेन्ज भने कृष्ण बिकले गरेका छन । यस्तै भिडियोको निर्देशन दुर्गा पौडेलले गरेका छन ।

भिडियो: ‘हजुरैले हो’

हजुरैले हो