आजदेखि पशुपतिनाथको मन्दिरमा पूजा गर्न नपाइने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आजदेखि पशुपतिनाथको मन्दिरमा पूजा गर्न नपाइने



काठमाडौं- शुक्रबारदेखि दुई हप्तासम्म पशुपतिनाथको मन्दिरमा भक्तजनले पूजा गर्न नपाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले दोस्रो चरणको कोराना भाइरस संक्रमण बढ्न नदिन पूजामा रोक लगाएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले आजदेखि लागु हुने गरी अर्को निर्णय नआउन्जेल भक्तजनले पूजा गर्न नपाउने बताए ।

उनले पशुपतिमा मुख्य मन्दिरको पूजाबाहेक अन्य सर्वसाधारणले पूजा गर्न नपाउने जानकारी दिए ।

सरकारले भीडभाड हुने क्षेत्रमा भीड नियन्त्रण गर्न अनुरोध गर्दै आएकाले कोषले पनि पूजामा रोक लगाएको सदस्य सचिव ढकालको भनाइ छ ।