पशुपति शर्माको 'लुट्न सके लुट-२' - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पशुपति शर्माको ‘लुट्न सके लुट-२’



काठमाडौं- चर्चित लोक गायक पशुपति शर्माको लुट्न सके लुट गीतको चर्चा अझै सेलाएको छैन तर, शर्मा भने लुट्न सके लुट- २ को तयारीमा जुटेका छन् । चर्चा र विवादको भुमरीमा परेको अघिल्लो गीतकै निरन्तरता उनले नयाँ गीतमा पस्किने तयारी गरेका छन् ।

अबको गीतमा के बिषय समेट्लान भन्ने कौतुहलता भने चौतर्फी छ । ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन, नेपालमै हो छुट’ बोलको गीतले नेपाली गीत सङ्गीतको दुनियामा मात्र नभएर राजनीतिमा समेत हलचल मच्चाएको थियो ।

अबको नयाँ गीतमा भने उनले राजनीति भन्दा बाहिर रहेर तयारी गरेको बताइएको छ ।