पतंजली योग समिति अर्घाखाँचीको भवन निर्माण गर्ने योजना। - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

पतंजली योग समिति अर्घाखाँचीको भवन निर्माण गर्ने योजना।



कमल विष्ट/मंसिर २ ,अर्घाखाँची

गरौँ योग रहौ निरोग भन्ने मूल मर्म सहित अर्घाखाँचीमा योग विज्ञान शिबिरहरु लगायत योग सम्बन्धी विभिन्न गतिविधि गर्दै आएको पतञ्जली योग समिति अर्घाखाँची द्वारा खेलिएको देउसी भैलोको समापन, वनभोज तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

सन्धिखर्क नगरपालिकका उपप्रमुख ठाकुर कुमार विको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर १ का अध्यक्ष युवराज वञ्जाडे, वडा नं. २ का अध्यक्ष मोतिजङ्ग रायमाझी लगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले योग शिक्षाले मानिसको स्वास्थ्यलाई स्वस्थ राख्न निकै ठुलो मद्दत गरेको भन्दै योगा प्रतिको आर्कषण बढ्दै गएको बताउनु भयो ।

उहाँले योग समितिलाई जग्गा उपलब्ध गराउन र भवन निर्माण गर्न सन्धिखर्क नगरपालिका कार्यालयले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रम समितिका अध्यक्ष प्रेमनारायण पोख्रेलको अध्यक्षता, योग शिक्षक पार्वता श्रेष्ठको स्वागत मन्तव्य र जनक बस्यालको सञ्चालनमा सम्पन्न भएको थियाु । समितिले तिहारमा देउसी भैलोबाट २ लाख ५३ हजार सङ्कलन गरेको थियो । सो रकमबाट सन्धिखर्कको चुत्रावेशी भक्तिटोलमा रहेको शिद्धेश्वर वृद्धाश्रमका लागि २५ हजारको अक्षय कोष स्थापना गरिएको छ । रहेको बाकी रकम भवन निर्माणमा प्रयोग गर्ने समितिका रामहरि भुसालले जानकारी दिनु भयो ।

कार्यक्रममा देउसी भैलोमा १ हजार रुपैयाँ भन्दा धेरै रकम सहयोग गर्नेलाई सम्मान समेत गरिएको थियो ।