पत्नीकै सहयोगमा बालिका बलात्कार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पत्नीकै सहयोगमा बालिका बलात्कार



भक्तपुर ,१ फागुन । अनन्तलिंगेश्वर ७ सिरुटारकी १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

सागरनाथ ७ सर्लाही घर भइ सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत बालिका छिमेकीबाटै बलात्कृत भएको खबर आजको कान्तिपुरमा छ।

बालिका बलात्कृतको आरोपमा प्रहरीले पति-पत्निलाई नै पक्राउ गरेको छ। अनन्तलिंगेश्वरका ४० वर्षका राजकृष्ण कायस्थ र उनकी पत्नी राधाजंगम पक्राउ परेका हुन् ।

राजकृष्णले पत्नीकै सहयोगमा बालिका बलात्कार गरेको डिएसपी श्यामबाबु ओलियाले बताए।

टिभी हेर्ने तथा पैसा दिने प्रलोभन देखाइ पत्नी राधाजंगमले घरमा नै लगेर राजकृष्णको जिम्मा लगाइ बाहिरबाट चुकुल लगाएकी थिइन् ।

त्यही समय राजकृष्णले बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।