उतकृष्ट कलम चलाएकोमा पत्रकार सम्मानित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

उतकृष्ट कलम चलाएकोमा पत्रकार सम्मानित



रुरु धार्मिक सेवा सञ्चार प्रालि पाल्पाले अर्घाखाँची , पाल्पा र गुल्मीका तिन  पत्रकारलाई जिल्लामा रहि उत्कृष्ट कलम चलाएको भन्दै सम्मान गरेको छ ।

आआफ्नो जिल्लामा रहि बिकास निर्माण र धार्मिक क्षेत्र सहित  समग्र क्षेत्रमा कलम चलाएको भन्दै अर्घाखाँचीका प्रेमनारायण आचार्य, पाल्पाबाट कान्तीपुर सम्बाद्दाता माधब अर्याल र गुल्मीबाट उज्यालो र एभिन्युज टिभिका सम्बाद्दाता जनार्दन घिमिरेलाई सम्मान गरेको हो ।

बुधबार रिडीमा भएको कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले तीनै जना पत्रकारहरुलाई  दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गर्नु भएको हो ।

रुरु धार्मिक सेवा सञ्चार प्रालि पाल्पाले गएको बर्ष देखि एक जिल्ला एक पत्रकारलाई सम्मान गर्दै आएको सस्थाका संयोजक चुरामणि तिमिल्सिनाले बताए ।