पत्रकार महासङ्घ भारत शाखा ! सङ्घर्ष ,अवसर र चुनौतीहरु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पत्रकार महासङ्घ भारत शाखा ! सङ्घर्ष ,अवसर र चुनौतीहरु



देबेन्द्र केसी, नयाँ दिल्ली

लामो जद्दोजहाद पछि नेपाल पत्रकार महासङ्घ – भारत शाखाले नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयबाट मान्यता पाएको छ । लामो वैचारिक र घरेलु गृहकार्यपछि दुई वर्ष अघि ३१ , मई , २०१५ का दिन भारतमा तदर्थ समिति बनाउने सहमति र अनुमति काठमाडौँले दिए सड·गै भारतमा पनि नेपाली श्रमजीवी पत्रकार हरुलाई दायरामा रहेर निर्बाध कलम चलाउने अवसर प्राप्त भयो र तदर्थ समितिको जिम्मेदारी सड·गै भारतशाखाको घोषणागर्ने काठमाण्डौको निर्देश लिएर महासङ्घ केन्द्रीय उपाध्यक्ष अनिता बिन्दु , महासङ्घ काठमाडौँ शाखाका सभापति श्रृजन झा , एलाईडर पोस्टका प्रधान सम्पादक योगेन्द्र प्रताप शाही , महासङ्घ केन्द्रीय सदस्य भोजराज भाट ,फोटो पत्रकार प्रवीण श्रेष्ठ र पत्रकार लक्ष्मण पन्थी नयाँ दिल्ली छिर्दा प्रवासी पत्रकारहरुमा एककिसिमको खुसी र महासङ्घ प्रति अभिभावकत्व बोध भएको थियो ।

प्रवासी नेपालीहरुको हकहितको लड़ाई लडिरहदा र प्रवासका व्यथाका पोकाहरु नेपाल सामु फुकाई रहदा आफ्नै हक अधिकार र सड·गठित हुन पाउने अधिकार बाट नेपाली पत्रकार हरुलाई ओझेलमा पार्न नयाँ दिल्ली स्थित राजनीतिक तन्त्र ले खुट्टा उचाल्यो र पूर्ण समिति गठन प्रक्रिया सके सम्म ओझेलमा पार्ने र नसकेमा आफू निहित बनाउने खेलमा प्रवासी ठालुहरु लागिपरे । महासङ्घ काठमाडौँ मा गरिएको गलत रिपोर्टिंग र भारत शाखा गठन प्रक्रिया मा देखिएका केही त्रुटीहरु ले पनि शाखा लाई पूर्णता दिने प्रक्रिया दुई वर्ष ढिला हुन पुग्यो । “देर आए दुरुस्त आए ” भन्ने भारतीय उखानकै शैली मा ढिलै भए पनि भारत शाखा ले मान्यता र पूर्णता पाए सड्गै नयाँ इतिहास रचेको छ र विभिन्न चुनौती हरुको साथमा प्रवास मा रहेका श्रमजीवी पत्रकार हरुलाई गोलबन्द हुने अवसर प्रदान गरेको छ ।

यसरी बन्यो महासङ्घ -भारत शाखा गठनको गुरुयोजना !

राजधानी नयाँ दिल्लीमा छापिने नेपालीहरुको प्रतिनिधि पत्रिका “नेपाल आवाज ” तत्कालीन ” नेपाल दर्शन” का प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार लोकेश शाह “आर्यन ” को नेतृत्व मा २०६५ साल मा मजुनुका टिला स्थित नेपाली रेस्टुराँ मा देबेन्द्र कुँवर, बिके कृष्णा, गोविन्द पोख्रेल, देबेन्द्र केसी, बाबुराम थापा , हिम शिखर, भेषराज पौडेल , खुम गुरुड्ग र नोर्बु शेर्पा मिलेर भारतमा पत्रकार महासङ्घको शाखा गठन गर्ने सहमति भयो । त्यस पछि पटक पटक बैठकहरु बस्दै बाबु रोका, तपेन्द्र धामी , आकाङ्क्षा शाह , केशवराज पोख्रेल , विश्वास शाह , गणेश बिक र अर्जुन खनाललाई समेटेर २०१५ मई ३१ तारिखका दिन लोकेश शाह “आर्यन ” को नेतृत्व मा १७ सदस्यीय तदर्थ समिति नयाँ दिल्ली स्थित हिन्दी भवनमा नेपालबाट आउनु भएका केन्द्रीय पदाधिकारी , दूतावास र भारतमा कार्यरत संस्थाहरुको बिचमा गठन भयो । कहिले पार्क , कहिले कोठा ,कहिले रेस्टुराँ गरेर करिब छ वर्षको सड·घर्ष पछि भारतमा पत्रकारहरुको छाता सड्गठन बन्दा श्रमजीवी पत्रकारहरुमा खुसीयाली छाएको थियो । त्यसै खुसी कै बिचमा पत्रकार ॠषिराम अधिकारी,ईन्द्रकमल जैरु, पूजा शाह , एन्जिला निरौला ,महेश रैखोला रआकांक्षा पाण्डेलाई महासङ्घ भारत शाखामा आबद्ध गराउने र जम्बो टोली बनाउने कार्य भयो र पछिल्लो पटक मुम्बईमा कार्यरत पत्रकार भुमिलाल पौडेल, देवीका पाण्डे , दिनमणी पाण्डेलाई जोड्दै महासङ्घलाई दक्षिण भारतमा लैजाने कार्य भयो । महासङ्घको प्रथम अधिवेशन संघारमा पत्रकार धनबिर पुनलाई जोड्दै महासङ्घ भारतलाई थप समावेशी बनाउने दिशामा भारत शाखा लाग्यो ।

छ महिना मै गठन हुनु पर्ने पूर्ण समिति गठन हुन किन लाग्यो दुई वर्ष ?

तदर्थ समितिले पूर्ण समिति बनाउन छ महिनाको समय राखेपनि लामो जद्दोजहद पछि बल्ल दुई साल पछि महासङ्घ काठमाडौँलाई पूर्ण समिति भारतमा बनाउने याद आयो । के महासङ्घ काठमाडौँले नै पूर्णता प्रक्रिया मै ढिला गर्‍यो ? या भारतबाट प्रत्यक्ष या अप्रत्यक्ष रूपमा हस्तक्षेप या लबिड· भयो ? या भारत शाखा कै केही कमी कमजोरी रह्यो ? यी सबैको जबाफ दिँदै नाम नछाप्ने सर्तमा एक पत्रकार भन्छन् “यो प्रकरणमा तिनै पक्ष दोषी छ । तदर्थ कार्यक्रममा माला र खाँदा नपाएको झोँकमा प्रवासी नेताले महासङ्घ भारत भारतमा कहिल्यै ल्याउन नदिने अड्डी कसेका थिए । राजनैतिक तवरबाट पनि महासङ्घ भारत गठन प्रक्रिया रोक्ने र आईहाले पनि आफू निहित बनाउने खेल भएकै हो र तदर्थ समिति गठन गर्दा भएका केही असाबधानी ले पनि पूर्ण समिति गठन प्रक्रिया रोक्यो अनि भारत मै कार्यरत केही पत्रकार साथीहरू को असन्तुस्टी पनि पछिल्लो पटक बाधा बनेर तेर्सिएको हो । यस बाहेक महासङ्घ केन्द्रको भूमिका पनि भारत शाखा प्रति शंकास्पद देखियो ” ।

के भयो अधिवेशनमा , को को भए निर्वाचित ?

अन्तत महासङ्घ केन्द्रीय समितिबाट प्रथम अधिवेशन र पूर्ण समिति गठनको पत्र लिए महासङ्घ केन्द्रीय सचिव धर्मेन्द्र कुमार कर्ण, महासङ्घ केन्द्रीय सदस्य तथा काठमाडौँ उपत्यका संयोजक ईश्वरी वाग्ले र केन्द्रीय सदस्य तथा मध्यपश्चिम संयोजक झलक गैह्रे नयाँ दिल्ली आए सड·गै नेपाली दूतावास , विभिन्न प्रवासी सङ्घ संस्था र कान्तिपुर पब्लिकेसनका पत्रकार कमलदेब भट्टराईको रोहवरमा सर्बसहमतिय भारत शाखा केन्द्रीय समिति बनेको छ । लोकेश शाह “आर्यन ” को अध्यक्षतामा बनेको सर्वसम्मत कार्यसमितिमा उपाध्यक्ष देबेन्द्र कुँवर, महासचिव गोविन्द पोख्रेल, सचिव ॠषिराम अधिकारी,सहसचिव अर्जुन खनाल , कोषाध्यक्ष धन बहादुर बिक, प्रवक्ता देबेन्द्र केसी,दक्षिण भारत तथा पूर्वी भारत संयोजक लोकेश शाह “आर्यन “, पश्चिमी भारत संयोजक देबेन्द्र कुँवर, उत्तर भारत संयोजक हिम शिखर बिक र संस्कृति तथा खेलकुद संयोजक बाबु रोका मगर नियुक्त हुनुभएको छ । सदस्यहरुमा पूजा शाह, ईन्द्रकमल जैरु,भेषराज पौडेल र खोम बहादुर गुरुड· नियुक्त हुनुभएको छ। ११ सदस्यीय पदाधिकारी घोषणा सभाबाट र प्रवक्ता र संयोजक प्रथम केन्द्रीय बैठकबाट अनुमोदन गरिएको थियो । अहिले भारत शाखा केन्द्रीय समिति मा २४ जना सदस्यहरू रहेका छन् ।

चुनौतीका चाड· माथि भारत शाखा  !

त्यसो त अहिले शाखाले उर्जाशिल पुर्ण समिति पाएको छ । केन्द्रको ऐक्यबद्धता सड·गै  महासंघ भारत शाखामा मिलेको अटूट हौसला र प्रवासी श्रमजीवी पत्रकार हरुलाई दायरा मा रहेर कलम चलाउन मिलेको प्रत्याभूति सड·गै अनेकन चुनौती का पहाडहरु पनि शाखा ले छिचोल्नु पर्ने छ । भारत शाखालाई उर्जाशिल , गतिशील र पत्रकार मैत्री बनाउन निम्न बुँदा हरुमा ध्यान पुर्याउन जरुरी देखिन्छ ।
१) महासंघ मा आबद्ध पत्रकार हरुको पेसागत र भौतिक सुरक्षा को प्रत्याभूति दिने ।
२)संख्यात्मक रुपमा बलियो बनाउने र भारत भरि नै पहुंच कायम गर्ने उच्चस्तरीय रणनीति बनाउदै भारत भरि कार्यरत नेपाली श्रमजीवी पत्रकार हरुलाई दायरा मा लिने ।
३) भारत स्थित नेपाली दुताबास संग समन्वय कायम गर्दै बिभिन्न सचेतना मुलक कार्यक्रम हरु प्रवासी नेपाली बिच चलाउने ।
४) भारत मा कार्यरत पत्रकार हरुलाई  “तपाई हरु पत्रकार को साथमा नेपाल को एम्बेस्डर हौ ” भन्ने भावना जागृत गराएर नेपाल को सार्बभौमसत्ताको लागि भारतीय पत्रकार हरुका एकलौटी बयान बाजी लाई काउण्टर गर्ने उर्जाशिल टिम तयार पार्ने ।
५) भारत मा कार्यरत नेपाली संघ संस्था हरु संग समन्वय कायम गर्ने र उनिहरु लाई गलत काममा नलाग्न खबरदारी गर्ने ।
६) नेपाल बाट अनेक बाहनामा दिल्ली धाउने नेपाली नेताहरु लाई प्रोटोकल , राजदूतावास संग हुनु पर्ने समन्वयता को बारेमा जोड दिने र राष्ट्र लाई अहित गर्ने कुनै पनि सन्धी सम्झौता नगर्न खबरदारी गर्ने ।
७)शाखा लाई संख्यात्मक र गुणात्मक रुपमा बलियो बनाउदै बिधान बमोजिम महिला,दलित, मधेशी , अपाड·ग र जनजाति समान प्रतिनिधित्व दिने ।
८) भारत मा रहेका नेपाली नागरिक हरुको एकिक तथ्यांक लिने र पिरमर्का निवारण गर्ने बिषयमा राजदूतावास लाई सहयोग गर्ने र राजदूतावास लाई पनि नागरिक मैत्री बन्न खबरदारी गर्ने ।
९) भारत मा रहेका पत्रकार सम्बद्द निकायहरु र प्रेस सड्गठन हरु सँग समन्वय गर्दै सहयोग लिने र दिने ।
१०)भारतीय मीडिया मा कार्यरत नेपाली पत्रकार हरुलाई मुख्यधारामा समेट्दै उनिहरुको आवाज बनेर भारतीय मीडिया हाउस बाट उनिहरुमा गरिएको बलमिचाई को बिरोध गर्दै प्रेस मैत्री बन्न अभिप्रेरित गर्ने ।
मुख्यतः यि चुनौतीका पहाडहरु लाई महासंघ भारत ले छिचोल्नु पर्ने छ।

ईतिहास कोर्ने सुवर्ण अवसरको द्वारमा भारत शाखा  !

बिभिन्न ब्यव्धानका बावजूद महासंघ भारत शाखालाई ईतिहास कोर्ने सुवर्ण अवसर प्राप्त भएको छ । बिश्व मै सबै भन्दा धेरै नेपालीहरुको जमघट रहने भारतमा ढिलै भएपनि अस्तित्वमा आएको महासंघले नेपाल कै ठुल्दाईको रुपमा चिनिने भारत कै आँगनलाई कृडास्थल बनाउन पाएको छ । नेपाल मामिलामा हुने अनेकन सुगबुगाहटलाई पहिल्याउन र भारतीय मीडिया सँग वान टु वान काउण्टर गर्न पनि साखा महत्वपूर्ण हुनेमा दुई मत देखिदैन । प्रवासी पत्रकारहरु जो महासंघ भारत शाखामा आबद्ध हुनुहुन्छ उहाँहरुलाई पनि संस्थापक सदस्यको रुपमा आफुलाई भावी सन्तति माझ चिनाउदै प्रवासी पत्रकारिताको क्षेत्रमा  अभिभावक बन्ने सुभअवसर प्राप्त भएको छ । शाखाको घनीभूतता सँगै करिब दुई सय भन्दा बढि पत्रकार कार्यरत (आधिकारिक छैन ) भारत मा ज्यादा पार्षदको माग गरेर महासंघको केन्द्रीय संरचनामा पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा भागीदारी बन्न महासंघ भारत सक्छ ।