सुरु भयो पत्रकारहरुको महा पर्व ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सुरु भयो पत्रकारहरुको महा पर्व !



 

भदौ ४, काठमाडौं ।

नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि नेपाल प्रज्ञा प्रतिस्ठान कमलादीमा सुरु भएको छ ।

‘व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रमको अधिकार’ भन्ने मूल नारा बोकेको महाधिवेसनलाइ प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन् गरेका छन् ।

महाधिवेशनमा भाग लिन देश तथा बिदेशका शाखाबाट छानिएका १ हजार ५ सय प्रतिनिधि सहभागी भएका छन् ।

प्रत्येक ३ वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । पहिलोपटक संघीय संरचनाअनुसार नेतृत्व चयन गर्न लागेको महासंले महाधिवेशनमार्फत अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, ५ सचिव, १ कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति निवर्नचित गर्नेछ ।

त्यसैगरी, सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान, एशोसिएटमा समेत नयाँ नेतृत्व आउनेछ ।

यस पटकको महाधिवेशनमा कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ । यो गठबन्धनबाट सभापतिमा गोविन्द आचार्य उम्मेदवार भएका छन् भने एमालेनिकट प्रेस चौतारीबाट तीर्थ कोइराला अध्यक्षका उम्मेदवार बनेका छन् ।