पत्रकार निर्मला पहराई मृत्यु प्रकरण : न्यायको माग गर्दै प्रदर्शन (फोटो फिचर) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पत्रकार निर्मला पहराई मृत्यु प्रकरण : न्यायको माग गर्दै प्रदर्शन (फोटो फिचर)



कैलाली – कैलालीको घोडाघोडी नगरपालिका -५ मा गत असोज २ गते रुखमा झुण्डिएको अवस्थामा फेला परेकी पत्रकार निर्मला पहराईको न्यायको माग गर्दै प्रदर्शन गरिएको छ । घोडाघोडीमा रहेको संयुक्त दलित जनजागरण मञ्चको अगुवाईमा निस्पक्ष अनुसन्धान तथा न्यायको माग राख्दै मंगलबार कैलालीको सुखडमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा राष्ट्रिय युवा संघ नेपाल ,घोडाघोडी नगर कमिटी, सामाजिक सचेतना महिला संजाल लगायतले एकिबद्बता जनाएका थिए ।

घटनाको छानबिन गर्न प्रहरी प्रशासनले खासै चासो नदिएको र अपराधी बचाउने खेल हुन थालेको आशंका गर्दै निस्पक्ष अनुसन्धान गरी दोषीलाई कार्वाहीको दायरामा ल्याउन माग गरिएको छ । बिभिन्न सरोकारवालाहरुले सोमबार सुखडमा प्रदर्शन गर्दै निर्मलालाई न्याय दिलाउने कुरामा कहीकतै कन्जुस्याई भए चरणबद्ध आन्दोलन गर्ने समेत चेतावनी दिएका छन । सबैलाई जागरुप गर्ने पत्रकार जस्तो ब्यक्तीको हत्या भएको दाबि गर्दै परिवारले उनको न्यायका लागि सरोकारवाला सबै चिन्तित र जिम्मेवार बन्न आग्रह समेत गरेका छन ।

प्रहरी प्रशासनले भने घटनाको निस्पक्ष छानबिन भईरहेको दाबि गर्दै आएको छ । पोष्टमार्टम रिपोर्टको भिसेरा परिक्षणका लागि काठमाण्डौ पठाईएको तथा आरोपीको मोवाईल समेत नियन्त्रणमा लिई अनुसन्धान थालिएको बताईएको छ ।