संसदमा बोल्न नदिएपछि पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले यसो भने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

संसदमा बोल्न नदिएपछि पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले यसो भने



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसमाथि संसदमा असंसदीय, अमर्यादित व्यवहार देखाएको आरोप लगाएका छन् ।

संसदमा आफूले सम्बोधन गर्न खोज्दा अवरोध गर्नु आचश्र्य लाग्दो भएको बताए । मंगलबार साँझ पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा, प्रधानमन्त्रीले भन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने बालहट देखाएको बताए ।

उनले अघि भने, ‘आज लोकतन्त्र, गणतन्त्र, संघीयताविरुद्ध, जनताको सार्वभौमसत्ताविरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी स्पष्ट ढंगले देखिएको छ । घोर दक्षिणदेखि घोर वामपन्थी समेत एकजुट भएका छन् ।’

यसप्रति सहज हुनुपर्ने कांग्रेस आफैं परिर्वतनकारी शक्तिहरुलाई विथोल्न लागेको उनको आरोप छ ।

अहिले सरकारको नेतृत्व गरिरहेको पार्टी फुत्त कतैबाट निस्किएर सरकारमा पुगेको नभई लामो उतारचढाव पार गर्दै आएको प्रधानमन्त्री ओलीले बताए ।

मर्यादित प्रेस, प्रेस स्वतन्त्रता, मानवअधिकारको रक्षाका लागि अडिग रहेको भन्दै लोकतन्त्रको जगेर्नाका लागि सरकार कटिबद्द भएर लागेको बताए । प्रधानमन्त्री ओलीले लोकतन्तको आवरणभित्र बसेर विपक्षले लोकतन्त्रविरुद्ध नै षड्यन्त्र गरेको आरोप लगाए ।

साथै उनले कंग्रेसलाई आवेग उत्तेजना र भावना नबहकिन आग्रह गरेका छन् । उनले भने, ‘हामीले लडेर ल्याएको लोकतन्त्र पछाडि बस्ने तत्वले फाइदा लिए । त्यसैले आवेग र उत्तेजनामा गएर सबैलाई पनि फाइदा पुग्दैन ।’