चितवन टाइसर्गले पाउल स्टर्लिङलाई टिममा भित्र्यायो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

चितवन टाइसर्गले पाउल स्टर्लिङलाई टिममा भित्र्यायो



काठमाडौं- चितवन टाइसर्गले एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि दोस्रो विदेशी खेलाडीका रूपमा पाउल स्टर्लिङलाई टिममा भित्र्याएको छ।

चितवन टाइगर्सकी निर्देशक विनिता चौधरी भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै स्टर्लिङलाई टिममा भित्र्याएको जानकारी दिएकी हुन्।

स्टर्लिङले गतवर्षपनि चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेलेका थिए।

स्टर्लिङ आयरल्यान्डका प्रमुख खेलाडी हुन्। गत महिनामात्र उनले आयरल्यान्ड र वेष्ट इन्डिजसँगको टि–ट्वान्टी अन्तर्राष्ट्रियमा ४ रनको जित दिलाउन महत्वपूर्ण योगदान गरेका थिए।

त्यस खेलमा उनले ४७ बलमा ६ चौका र ८ छक्काको मद्धतमा ९५ रन बनाएका थिए। चितवन टाइगर्सले पीपीएलमा पनि स्टर्लिङले त्यस्तै किर्तीमान बनाउने अपेक्षा लिएको छ।

यसअघि चितवनले अफगानिस्तानका आक्रामक ब्याट्सम्यान तथा विकेट किपर मोहम्मद सेजादलाई टिममा अनुबन्ध गरिसकेको छ।

सोमपाल कामीलाई ट्रेडमार्फत लिएको चितवनबाट कमलसिंह ऐरी, सागर ढकाल, शाहब आलम, दिलिप नाथ, ललितसिंह भण्डारी, इशान पाण्डे, आदिल खान, सन्दीप सुनार, भीम सार्की, खडक बोहरा लगायतले खेल्दैछन्।

‘पाउल स्टर्लिङलाई चितवन टाइगर्सको दोस्रो खेलाडीका रुपमा घोषणा गर्न पाउदा हामी निकै उत्साहित छौँ, आयरल्यान्डबाड स्टर्लिङले निकै राम्रो प्रदर्शन गर्दै आएका छन्, त्यस्तै प्रदर्शनको अपेक्षा हामीले उनीबाट पनि गरेका छौँ’, निर्देशक चौधरीले भनिन्।