पिडित किशोरीले बयान फेर्दै भनिन्: पल शाहले बलात्कार गरेका होइनन् - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पिडित किशोरीले बयान फेर्दै भनिन्: पल शाहले बलात्कार गरेका होइनन्



काठमाडौं- अभिनेता पल शाह प्रकरणमा नयाँ ट्वीस्ट देखिएको छ । पिडित भनिएकी किशोरीले बयान फेरेपछि यो प्रकरण अन्यत्रै मोडिएको हो ।

अभिनेता शाहमाथि बलात्कारको अभियोग लागेको मुद्दामा पीडित किशोरीले बयान फेरेकी हुन् ।

नाबालिग पीडित किशोरीले जिल्ला अदातल तनहुँमा दिएको बयानमा नायक शाहले आफूलाई बलात्कार नगरेको बताएकी छन् ।

नायक शाह पुर्पक्षका लागि थुनामा भएका बेला किशोरीले बयान फेरेकी हुन् । उनले आफूमाथि बलात्कार नभएको बताएको स्रोतले बताएको छ जानकारी ।

अदालत स्रोतले भन्यो, ‘पिडित किशोरीले बयान फेरेकी छन्, यो प्रकरण मोडिएको छ ।

किशोरी पक्षले यसअघि शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको थियो ।