पवन चामलिङलाई झड्का, १० जना विधायक भाजपामा प्रवेश - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पवन चामलिङलाई झड्का, १० जना विधायक भाजपामा प्रवेश



सिक्किम। लामो समय शासन गरेका डा पवन चामलिङ नेतृत्व सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) का १० जना विधायक प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन । नयाँ दिल्लीस्थित भाजपाको मुख्यालयमै पुगेर चाम्लिङका १० जना बिधायक भाजपा प्रवेश गरेका हुन । टाइम्स अफ इण्डियाका अनुसार भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डा र महासचिव राममाधवले चाम्लिङका बिधायकहरुलाई पार्टीमा स्वागत गरे ।

तात्कालिन मुख्यमन्त्री नरबहादुर भण्डारीलाई सत्ताच्यूत गरी उदाएका चाम्लिङको पार्टी सिक्किम डेमेक्र्याटिक पण्टले यस पटकको निर्वाचनमा पराजयको सामना गर्नुपरेको थियो । आफ्नै क्याविनेटमा रहेका प्रेमसिंह तामाङ गोले) को पार्टीसँग पराजीत भएको चाम्लिङको १० जना बिधायक नै सत्तारुढ भाजपातिर लागेका हुन । यो संगै चाम्लिङसँग अव दुई जना बिद्रोही बिधायक मात्रै रहेका छन । गत निर्वाचनमा चाम्लिङको पार्टी (एसडिएफ) ले १३ स्थान जितेको थियो ।

जितेकामध्ये विधायकहरुमा उगेन टी ग्याछो, डीटी लेप्चा, एनके सुब्बा, फरवन्ती तामाङ, राजकुमारी थापा, डीआर थापा, केबी राई, केएस लेप्चा, टीटी भोटिया, पिञ्जो नाग्याल लेप्चाले एसडीएफ छाडेर भाजपा प्रवेश गरेका हुन । यी १० विधायक भाजपा प्रवेशसँगै अब सिक्किम विधानसभामा एसडीएफका तर्फबाट चाम्लिङसहित तीन जना रहेका छन । तर उनीहरुले यसअघि नै चाम्लिङको निर्णयलाई चुनौती दिई बिद्रोह गरिसकेका छन ।

विधानसभामा १३ सिट जितेको एसडीएफका दुई विधायक जीटी ढुङ्गेल र यमप्रसाद शर्माले विद्रोह गरिसकेका हुन । यी दुवै विधायक अहिले पीएस गोले नेतृत्व सिक्किमको सत्तारूढ दल सिक्किम क्रान्तिकारी मोर्चासँग नजिकिएका हुन । यो घटनासँगै लामो समय एकछत्र राज गरेका चाम्लिङको पार्टी अव अत्यन्तै कमजोर अवस्थामा पुगेको छ । गोलेलाई सत्ताको नेतृत्वमा आउन नदिन उनले नै भ्रष्टाचारको मुद्दामा फसाएको आम सिक्किमबासीको बुझाइ छ ।

सोही कारण नै गत निर्वाचनमा उनको पार्टीलाई हराएका थिए । जितेका बिधायक पनि भाजपातिर लागेपछि कुनै बेलामा सर्वशक्तिमान सिक्कमका चाम्लिङ आफ्नो अस्तित्व रक्षाको अवस्थामा पुगेका हुन । एसडिएफको यो हालतसँगै सिक्किममा गोलेको अवस्था मजवुत बनेको छ । उनको सत्तालाई चुनौती दिने हैसियतसमेत अव सकिएको छ ।

सुन्दर हिमाली राज्य सिक्किममा मिलेर बसेका जनतालाई जात र धर्मको नाममा बिभाजित गराई आफ्नो अधिनायकवादी शासन लादन खोज्दा उनको यो अवस्था आएको सिक्किमका राजनीतिक बिश्लेशकहरु बताउँछन । अघिल्लो चुनावमै धाँधली गरी जितेको आरोप लागेका चाम्लिङमाथि यस पटक जनताले खवरदारीसहित पराजयको स्वाद चखाएका थिए । अव आफ्नै बिधायकसमेत उनीप्रति सन्तुष्ट नबनी भाजपातिर लागेपछि कुनैबेलाका सर्वशक्तिमान चाम्लिङ अस्तित्व रक्षाको अवस्थामा पुगेका हुन ।