पवनदीपलाई कोरोना संक्रमण: इन्डियन आइडलमा हल्लीखल्ली - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पवनदीपलाई कोरोना संक्रमण: इन्डियन आइडलमा हल्लीखल्ली



एजेन्सी- इन्डियन आइडलको जारी सिजनका प्रतियोगी पवनदीप राजनलाई कोरोना भाइरसको संक्रमण भएको छ । पवनदीप राजन इन्डियन आइडलका निकै नै लोकप्रीय प्रतियोगी हुन् ।

भरतीय सञ्चारमाध्यमका अनुसार पवनदीपलाई संक्रमण भएको जनाएका छन् । संक्रमित पवनदीप होटल क्वारेन्टाइनमा बसेको बताइएको छ ।

इन्डियन आइडलका होस्ट आदित्य नारायणलाई कोरोना भाइरसको संक्रमण भएपछि सबैको परीक्षण गर्दा पवनदीपमा संक्रमण पत्ता लागेको हो ।

पवनदीप संक्रमित भएपछि बाँकी प्रतियोगितामा तनावको अवस्था बनेको छ । पवनदीप इन्डियन आइडल सिजन १२ को उपाधिका मुख्य दाबेदार हुन् । उनी गायन र वाद्यवादनसहित बहुमुखी प्रतिभाका कारण चर्चामा छन् ।