पायल गाउँकमिटिको आयोजनामा चुनावी सभा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पायल गाउँकमिटिको आयोजनामा चुनावी सभा



जेठ २५ /हिमाल पोस्ट 

माअाेवादी केन्द्र पायल गाऊ कमिटीकाे अायाेजनामा हुन लागेकाे चुनावी सभा कार्यक्रमकाे अध्यक्षता गाऊ कमिटी संयाेजक जगत लाेहारले  गर्नु भएकाे थियाे । कार्यक्रम सञ्चालन धनबहादुर भुल, स्वागत् मन्तव्य नंद बि क , प्रमुख अतिथि माअाेवादी केन्द्र पाेलिट ब्युराे सदस्य कमरेड तारामान स्वाँर अतिथि,कमरेड झपट बाेहरा गाऊपालिका अध्यक्षका ऊम्मेद्ववार राम थापा, अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सदस्य रतन देवकर,पायल वडा उम्मेदवार शंकरमान बाेहरा नंद लाेहार र कला सांस्कृतिक प्रमुख टेक बहादुर बि क, राधिका सुनार,नेपाल शिवसेनाका कुलमान कुँवर उपस्थिति रहेकाे थियो ।

उक्त कार्यक्रम कार्यक्रममा प्रमुख अतिथि तारामान स्वाँरले नेपालकाे महान् जनयुद्धमा चाैरपाटी अन्तरगतका क्रान्तिकारी जनसमुदायले महत्त्वपूर्ण भूमिका खेलेकाे इतिहास छl १०वर्षिय महान् जनयुद्धले नेपालमा गणतन्त्र सङ्घीयता ,धर्मनिरपेक्ष,समानुपातिक समावेशीकरण जस्ता महत्त्वपूर्ण उपलब्धि जनयुद्धको प्रतिफल हाे ।

“सिहंदरबारकाे अधिकार गाऊ नगरमा” पुरियाऊनु हामी सफल भएकाे छाै l स्थानीय तहमा जनताकाे सहभागितामा सरकारकाे निर्माण काे प्रकि्यामा स्थानीय तहकाे निर्वाचन हुँदैछ । चाैरपाटी गाउँपालिका अन्तरगत् यस पायलकाे जनसमुदायहरुलाई राम्रोसँग जानकारी हुनु पर्दछ। हिजाे यस पायलमा काँग्रेसकाे अध्यक्ष र एमाले पार्टीको सभासद् हुँदा के के गरे यस गाऊमा तपाईँहरू साक्षी हुन्नु हुन्छ । ,पायलमा यातायातकाे समस्या हुँदा त्याे विषयलाई माओवादी केन्द्र पार्टीले ऊटाएकाे थियाे ।कच्ची राेड भए पनि त्याे माओवादी केन्द्रको प्रयत्न द्वारा सम्भव भएकाे हाेl ,पानी ठुलाे समस्याहरू बाट यहाँका स्थानीय जनता जुझिरहेका छन्,। तर एमालेका, काँग्रेस माननीय सभासद्, अध्यक्षलाई वास्ता छैन ।

त्यसैले याे बेलामा स्थानीय सरकारकाे निर्माण गर्न माअाेवादी केन्द्र पार्टीको विकल्प हो । हामीले चाैरपाटी गाऊपालिकालाई यातायातका समस्या स्वास्थ्य र शिक्षा स्वच्छ खानेपानी र स्वदेशमा राेजगार काे सुविधा गर्ने ग्यारेन्टी यहाँहरुलाई गर्दछौँ ।आदरणीय,पायलवाशी , जनसमुदायहरु सङ्ग विशेष अपिल गर्छौ । माअाेवादी केन्द्रका गाऊपालिका ऊम्मेद्ववार कमरेड राम थापा र वडा नं ४का ऊम्मेद्ववार शंकरमान बाेहरा लगायत यस  गाउँपालिका स्थित समस्त जनसमुदायलाई हँसिया हथौडा  अंकित चिन्हमा आफ्नू अमूल्य भाेट दिएर भारी बहुमतले विजयी बनाउनु हुनेछ  भन्ने अनुरोध गर्दै पूर्ण बि्स्वाश छ ।

माओवादी केन्द्र निकट
अखिल भारत नेपाली एकता मञ्च
केन्द्रीय सचिव
मोहन देवकर मुम्बई