कोरोना आशंका गरिएका घोडाघोडीका युवकको रिपोर्ट नेगेटिभ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कोरोना आशंका गरिएका घोडाघोडीका युवकको रिपोर्ट नेगेटिभ



कैलाली । कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका घोडाघोडी नगरपालिका- ९ का २५ बर्षिय युवकको रिपोर्ट नेगेटिभ आएको छ ।

उच्च ज्वरो र खोकि रहेकोले उनलाई कोरोनाको आशंकामा आइसोलेसन कक्षमा भर्ना गरि स्वाब संकलन गरिएको थियो । पिसिआर प्रयोगशालामा उनको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
उनि चैत्र ७ गते भारतको मुम्बईबाट घर पुगेका थिए ।