फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल १९९ पुग्यो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल १९९ पुग्यो



काठमाडौँ – नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ ।

निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू हुनेछ ।

अब प्रतिलिटर पेट्रोल १९९ र डिजेल मट्टितेल १९२ तिर्नुपर्नेछ । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।