पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाउने तयारी - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाउने तयारी



काठमाडौं । सरकराले पेट्रोलियम पदार्थको कर घटाउने भएको छ । सरकारले प्रतिलिटर १० रुपैयाँ कर घटाउन लागेको हो ।

अर्थ मन्त्रालयका अनुसार केही दिनअघि बसेको बैठकले पेट्रोलियम पदार्थको भन्सारमा लाग्ने कर घटाउन सहमति दिएको हो । मन्त्रालय स्रोतका अनुसार बजेटमा १० रुपैयाँ कर घटेर आउने छ । कुन कुन शीर्षकमा कर घटाउने भन्ने निर्णय भने हुन बाँकी छ ।

कर घटाउने प्रस्ताव भने मन्त्रिपरिषदमा आपूर्ति मन्त्रालयले लगेको हो । आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिइसकेको छ । भन्सार र पूर्वाधार कर ५/५ रुपैयाँ घटाउने विषय अघि बढेको छ ।