फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य



इन्धनको मूल्य फेरि बढेको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको हो।

इन्डियन आयल कर्मोरेशनले आज पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेको छ।

नयाँ मूल्य सूचीअनुसार, पेट्रोल प्रतिलिटर ६.५२ रुपैयाँ, डिजेल प्रतिलिटर १९.०३ पैसा र हवाई इन्धन प्रतिलिटर १९.९१ रुपैयाँ बढेर आएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन्।