पेट्रोलमा कर मात्रै ८६ प्रतिशत - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पेट्रोलमा कर मात्रै ८६ प्रतिशत



काठमाडौं- सरकारले पट्रोलमा ८६ प्रतिशत कर उठाइरहेको छ।

१२ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र हवाई इन्धन बिक्रीमा लिँदै आएको पूर्वाधार कर प्रतिलिटर १० रुपैयाँ पुर्याएपछि सरकारले लिने कर मात्रै प्रतिलिटर ४४ रुपैयाँ ४८ पैसा पुगेको छ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बराल र अजित अधिकारीले लेखेका छन्।

यो पेट्रोलको पछिल्लो मूल्य ५१ रुपैयाँ ८४ पैसाको ८६ प्रतिशत हो।

उपभोक्ता मूल्यमा असर नपर्ने गरी पेट्रोल, डिजेल र हवाई इन्धनमा पूर्वाधार विकास कर लगाइएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए।

तर, उपभोग्य वस्तुमा सरकारले उठाउने अप्रत्यक्ष कर उपभोक्ताले नै तिर्ने हो।