घट्यो पेट्रोल र डिजेलको मूल्य - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

घट्यो पेट्रोल र डिजेलको मूल्य



काठमाडौँ– पेट्रोल डिजेल र मट्टितेलको मूल्य घट्ने भएको छ । आज रातिबाट पेट्रोल, डिजेल र मट्टितेलको प्रति लिटर २ रुपैयाँका दरले मुल्य घट्ने नेपाल आलय निगमले जनाएको छ ।

निगमका अनुसार भारतबाट बाराको अमलेखगञ्जमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउन थालेपछि मूल्य घटाइने भएको हो ।

नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झर्नेछ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।

पाइप लाइनको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा मंगलबार सिंहदरवार र हैदरावादबाट एकैसाथ रिमोट थिचेर पाइपलाइनको उद्घाटन गरेका छन् ।

भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म निर्माण भएको पेट्रोलियम पाइपलाइनको दुरी ६९.५ किलोमिटर लम्बाइ रहेको छ ।

यसअघि ट्याङ्करबाट पेट्रोलियम पदार्थ आयात हुँदै आएकोमा अबदेखि डिजेल र पेट्रोल पाइपबाटै आउने छ ।