पेट्रोलियम पदार्थमा कालोबाजारी गर्ने दुई भारतीय पक्राउ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

पेट्रोलियम पदार्थमा कालोबाजारी गर्ने दुई भारतीय पक्राउ



माधव वेल्वासे/कपिलवस्तु, ८ माघ
कपिलवस्तुमा पछिल्लो समयमा कालोवजारि गर्नेहरु मौलाएका छन । प्रशासनले सक्रियता देखाएको छ । जिल्लाको शिवराज नगरपालिका ८ धर्मनगरमा पेट्रोलियम पदार्थमा कालोवजारि गर्दै गर्दाको अवस्थामा सनिवार दुइ भारतिय नागरिकलाई वडा प्रहरि कार्यलय चन्द्रौटाले प्रक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा भारतको गैसरि वस्ने विनोद कुमार मिश्रा र भारतकै हरिहरपुरमा वस्ने गोविन्द पथ्थरकट रहेको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरि निरिक्षक झविन्द्र भट्टराईले जानकारि दिनुभएको छ ।

उनिहरुले पानिमा जिवनजल घोलि प्रेटोल हो भन्दै वच्ने गरेको पाइएको छ ।प्रतिलिटर ८० का दरले वच्ने गरेको स्थानियको भनाई रहेको छ ।
विशेष सुराकिको आधारमा प्रक्राउ गर्न जादा प्रहरिलाई समेत हातपात गर्न खोजेको प्रहरिको भनाई रहेको छ ।
स्थानियको सहयोगमा प्रक्राउ गर्ने सफल भएको र उनिहरुलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरि निरिक्षक भट्टराई वताए ।