यौनबारे हालसम्मकै रोचक तथ्य सार्वजनिक : तेस्रो नम्बर साथीसँगको सम्बन्धमा धेरै सन्तुष्टि - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यौनबारे हालसम्मकै रोचक तथ्य सार्वजनिक : तेस्रो नम्बर साथीसँगको सम्बन्धमा धेरै सन्तुष्टि

युवा–युवतीबीचको सन्तुष्ट सेक्सबारे एउटा रोचक तथ्य सार्वजनिक भएको छ । बेलायतमा हालै भएको एउटा अध्ययनमा कति औं नम्बरको यौन साथीसँगको सम्बन्ध सुखद र फलदायी हुन्छ भन्ने अध्ययन गरिएको थियो ।

सरदरमा कति जनासंगको यौनसम्बन्ध पछि सम्बन्ध थप बलियो र जादुमयी हुन्छ भनेर नोट्टिङ्घम, व्रिष्ट्रोल र स्वान्सी समेत तीन विश्वविद्यालयका अध्ययनकर्ताहरुले गरेको अध्ययन जर्नल अफ सेक्स रिर्सचले प्रकाशित गरेको छ । अध्ययनले तिन नम्बरको अर्थात तेस्रो सम्बन्ध लाई रोचक मानेको छ । र, यो महिला र पुरुष दबैको हकमा लागु हुने अध्ययनको निश्कर्ष छ ।

अर्थात, तपाँई यौन साथीसँग स्वस्थ र सन्तुष्ट यौन सम्बन्ध कायम गर्न खोज्दै हुनुहुन्छ भने तपाँई तेस्रो हुनुपर्नेछ वा तपाँइको साथीले तपाँइभन्दा पहिले दुई जनासँग यौन सम्बन्ध कायम गरिसकेको हुनुपर्ने छ । यौन जीवन सोचेजस्तै बनाउन तेश्रो नम्बर लक्की हुने अनौठो तथ्य सार्वजानिक गरिएको हो ।

अध्ययनले अर्को रोचक तथ्य पनि बहिर ल्याएको छ । यदि कुनै महिलाले सातभन्दा बढि व्यक्तिसँग यौन सम्बन्ध राखेमा उनीहरु कम आर्कषक र यौन क्रियाकलापमा लामो समयसम्म सम्बन्ध कायम गर्न नसक्ने पनि दावी गरिएको छ ।

अध्ययनका अनुसार पुरुषले भने ११ जनासम्म महिलासँग जादुमयी यौन सम्बन्ध राख्न सक्छन् । प्रमुख अध्ययनकर्ता डा.स्टिभ स्टेवार्ट विलिएम्सका अनुसार यौनमा इतिहासदेखिनै रहेको मान्यता भनेको अति धेरै यौन सम्बन्धमा पनि दीर्घकालिन सम्बन्ध स्थापित गर्न एउटा संख्यात्मक सम्बन्ध अनिवार्य शर्त हो ।

अर्थात आफूले चाहेको यौन सम्बन्ध स्थापित गर्न महिलाहरु तीनदेखि सात र पुरुषहरु तीन देखि ११ सम्मको संख्यामा लामो समयको सम्बन्ध स्थापित गर्ने गर्छन् । यो अध्ययन १८ देखि ३५ वर्षको वीचको महिला र पुरुषहरुमा गरिएको हो ।