पिपलधारा चौतारी सम्पर्क समितिद्वारा क्यालेन्डर वितरण कार्यक्रम सम्पन्न । - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

पिपलधारा चौतारी सम्पर्क समितिद्वारा क्यालेन्डर वितरण कार्यक्रम सम्पन्न ।



हिमाल पोस्ट /पिपलधारा गुल्मी , वैशाख ३०

वैदेशिक रोजगारीमा रहेका गुल्मी पिपलधाराका युवाहरूद्वारा सञ्चालित सामाजिक संस्था पिपलधारा चौतारी संम्पर्क समिति विश्व सन्जाल गुल्मीले नव वर्ष २०७४ सालको क्यालेन्डर वितरण  गरेको छ । साथै  चौतौरीले   साविक पिपलधारा वाड नं २ सुफल थुमा प्रा विमा शिशु कक्षा सञ्चालनको लागि आर्थिक सहयोग हस्तान्तरण गर्नुका साथै क्ष सुमन खड्का गम्भीर बिरामी परेकोले उहाँको उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको थियोे ।

पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीका स्थानीय समिति अध्यक्ष बाबुराम जी सीको अध्यक्षता र साविक पिपलधारा गाविस सचिव हाल धुर्कोट गाउँ पालिका -२ का ईश्वरि भन्डारीको प्रमुख आतिथ्य र नेपाली काँग्रेस गाउँ कमेटी अध्यक्ष हरि थापाको विशेष आतिथ्यमा सम्पन्न उक्त क्यालेन्डर वितरण कार्यक्रममा गणेश मा वि का प्रअ बाबुराम खनाल , जनकल्याण प्रावी का प्रअ कृष्ण केसी, खड्का छ्त्र प्रावीका प्रअ महेन्द्र के सी , जयनेपाल प्रा वि का प्रअ तिलक राज खनाल,अतिरिक्त हुलाकका कृष्ण खनाल, संस्थाका पूर्व सल्लाहकारद्वय सूर्य विक्रम गौतम ,घन बहादुर खड्का , गल्फ उपसमिति का अध्यक्ष विष्णु विक मलेसिया उपासमितिका कोषाध्यक्ष प्रशान्त खनाल ,प्रत्येक वाडा स्वयंसेविकाहररु ,दलित सञ्जालका जित बहादुर विक, राप्रपा वडा अध्यक्ष टोन बहादुर के सी, माओवाइ केन्द्रका ज्ञान् बहादुर विक, हेपो इन्चार्ज प्रेम खनाल, जनजाति सञ्जाल, कृषि सञ्जाल , नागरिक वडा मन्च का प्रतिनिधि लगायत स्थानीय वासिन्दाहरूको उपस्थित रहेको थियो ।

उक्त क्यालेन्डर वितरण तथा राहत एवं सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन स्थानीय समितिका सचिव सूर्य खड्काले गर्नु भएको थियो भने स्वागत मन्तव्य  पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मी केन्द्रीय समितिका प्रेस तथा सञ्चार संयोजक हिम शिखर रसाइलीले गर्नु भएको थियो ।

विभिन्न राजनीतिक दल , सामाजिक अगुवा , बुद्धिजीवीहरू लगायतको उपस्तिथिमा सम्पन्न उक्त कार्यक्रमका वक्ताहरुले संस्थाले विगत देखी गर्दै आइरहेका कार्यको प्रसंसा गर्दै आगामी दिनमा अझ बढी प्रभावकारी ढङ्गले समाज सेवामा लाग्न प्रोत्साहित गरेका थिए ।साथै  उनीहरुले आ आफ्नो तर्फबाट संस्थालाई गर्नु पर्ने सहयोगमा तत्परता देखाउने आस्वासन समेत दिएका थिए ।

स्मरण रहोस  , विगत चार वर्ष देखि गाविसको चौतर्फी विकास र जनसेवाको लागि अहोरात्र खटिदै आफ्नो परिवारको गास काटेर सङ्कलन गरेको पैसाले विभिन्न जनसेवामुलक कार्य सँगै गाविसवासीहरुको लागि एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।

मेहर सिंह बस्नेतको सहयोगमा