गायक सापकोटाको दशै गित 'पिरै मात्र पर्छ' सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गायक सापकोटाको दशै गित ‘पिरै मात्र पर्छ’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं – पछिल्लो समय रोजगारीका लागि विदेश गएका धेरै नेपालीहरु कोरोना महामारीका कारण आफ्नो देश नेपाल आउन पाएका छैनन् । त्यति मात्र होइन आफुले काम गर्ने कम्पनी बन्द भएपछि खान बस्न पनि निकै समस्या परिरहेको छ ।

यहि पिडा र बेदनालाई समेटेर लोकप्रिय सर्जक तथा कुशल गायक प्रेम सापकोटा (सोनु) ले आफ्नो पछिल्लो दशै गीत “पिरै मात्र पर्छ” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गायक आफैले निर्देशन गरेको सो गीतको हरेक शब्द मुटुछुने खालका छन भने प्रेमले मन छुने लय सहित मुटुछुने आवाज समेत दिएका छन ।

गीतलाई नेपाल र जापान गरि दुई भागमा निमार्ण गरिएको छ । प्रेमका आफ्नै आमा बुबालाई पनि गीतमा देख्न सकिन्छ भने सिसिआर पाण्डे, मनरुपा सापकोटा , सालिकराम सापकोटाको समेत अभिनय रहेको छ । प्रेम सापकोटा सोनु युट्युव च्यानल मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । भिडियो हेर्नुहोस :