मोडल सृष्टी र निर्मलको पिरतीको खेल बरै (भिडियो सहित) - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

मोडल सृष्टी र निर्मलको पिरतीको खेल बरै (भिडियो सहित)



समीर प्रकाश पाण्डे

पछिल्लो समय लोक तथा दोहोरी गीतहरुमा केहि फरक पन देखिदै आएको पाईन्छ । अडियो देखि भिडियो निमार्णमा केहि न केहि फरक देखिन्छ । दर्शकको माग अनुसार केहि समय अगाडि मात्र गायक हर्खसिङ गुरुङको ‘पिरतीको खेल बरै…’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

सोमबार आफ्नै आधिकारिक युट्युब च्यानल मार्फत गुरुङको नयाँ गीत सार्वजनिक भएको हो । गीतमा गायक हर्खसिंङ गुरुङ र चर्चित लोक दोहोरी गायिका विष्णु माझिको स्वर रहेको छ । गीत जति सुनेनी सुनिरहन मन लाग्ने बनेर आएको छ।

गीत भिडियोमा मोडल सृष्टी खड्का र निर्मल क्षेत्रीको अभिनय रहेको छ। नवराज उप्रेतीको छायांकनमा मौसम हिमालीले निर्देशन गरेको हुन्। प्रबिन भट्टले कलर/सम्पादन गरेका हुन्। गुरुङले यस अघि नै दर्जनौ गीतहरु बजारमा ल्याएका छन् । उनले एक वर्ष अघि पनि ‘विष पिएर…’ बोलको गीत सार्वजनिक गरेका थिए ।