+२ साइन्स र इन्ट्रान्स « Himal Post | Online News Revolution
Logo

+२ साइन्स र इन्ट्रान्स



-सृजन ढकाल

विषय भित्र प्रवेश गर्दा इतिहासबाटै गरौँ ।वार्षिक पाठ्यक्रमलाई ६ महिनामै जनतन सारेर त्यसपछि ५ महिना घोकेर जब एस् एल् सी(अहिलेको एस् इ ई)मा जब ८० प्रतिशत अथवा ‘ए’ ग्रेडको सेरोफेरो आफ्नो अङ्क आउँछ( कसैको घोकेका प्रश्न आएर माथि आउँछ भने कसैको अरूले घोकेका प्रश्न आएर तल आउँछ) । यसरी लड्डु बाडेर प्रवेश गर्छौ हामी उच्च शिक्षामा, निधारमा साइन्सको रातो टिका अनि गोजिमा स्कोपको दुबो रखेर ।

पहिलो दिन कलेज जाँदा लगाएको नयाँ कमेज्, पाइन्ट अनि नयाँ झोला र सुगन्धित किताबको जोस सुस्त सुस्त कटरले पेन्सिल काटेर पेन्सिलको धुलो खसेझै तुहिदै जान्छ जब मेकानिक्सका तिनी छोटा प्रश्नका एयरफोन भन्दा अल्झिएको लामा लामा उत्तरहरु देखिन्छ । अझ बायो लिने लाई त, न परीक्षा अघि पढेर नै सकिन्छ न त पढेका कुरा परीक्षामा आफ्नो कापिमा उत्तारेर नै । ११ म केमिस्ट्री अल्लि सजिलो लाग्छ किनभने अर्गानिक पढ्न पर्छ भनेर न मनले भन्छ न त मस्तिस्कले नै । म्याथ्, कम्प्युटर र ईग्लिसको तेती बिस्तार गर्न चाहिन किनभने शीर्षकमा +२ साइन्स छ ।बल्ल त ११ सुरु भयो भन्दा भन्दै एक दुई चुस्की लिन सिक्दा सिक्दै , आखाँ जुधाउदा जुधाउदै ,सी ओ सी खेल्दा खेल्दै , स्टार प्लसका सिरियल हेर्दा हेर्दै , कक्षा बन्क हन्दा हन्दै, घुम्दा घुम्दै माघ आइसक्छ । तेसपछी कोही होम टिउसन् कोही टिउसन् कोही के कोही के गरेर पढ्दा पढ्दै प्री बोर्डमा फीजिक्स लाग्छ । अनि एक महिना ओल्ड इज गोल्ड घोकिन्छ अनि फेरी उही त हो कसैलाई आफूले घोकेको प्रश्न आउँछ अनि कसैलाई अरूले घोकेको , अनि जसोतसो परीक्षा भने सकिन्छ ।

मनमा ११ जस्तो भए पनि १२ मा गरेर देखाउने हो भन्ने अठोट लिएर कोही पास हुने आसमा त कोही सप्लिमेन्टेरिमा पास हुने आसमा १२ टेक्छ । जब १२ मा टेक्छ दुई हप्ता जति तीन हप्ता जति त खुट्टा थामिन्छ तर ११ मा आफूले बनाएको हिलाम्य भुईमा खुट्टा थाम्न खोज्दा खोज्दै लिरिक्क लर्किन्छ अनि उही त हो हिलोमा लडेपछि कहाँ सजिलै उठ्न सकिन्छ र ? उठ्दा उठ्दै फेरी माघ आइसक्छ अनि शरीरमा लगेको हिलो पखाल्दा पखाल्दै प्री बोर्ड । जब सबै हिलोबाट, फोहरबाट, दुर्गन्धबाट मुक्त भएर एक महिना ओल्ड इज गोल्ड घोकिन्छ अनि जनतन परीक्षा सकिन्छ परन्तु +२को पढाई होइन ।

हाम्रो भविष्यको सुनौलो बगैंचामा ११ अनि १२ मा जुन उथल पुथल बनाएउ तेस्लाई सपार्ने आसमा ३ महिना इन्ट्रान्सको तयारी कक्षामा मरेर पढ्ने आसमा काठमान्डौ सहर गहिन्छ ।कोही नेम त कोही पी ई ए । एक दुई हप्ता जोस हुन्छ कक्षामा आधा घण्टा छिटो गएर पहिलो बेन्चमा बसेर कागले झैँ चेष्टा राखेर पढिन्छ तर जब तीन चारवटा साप्ताहिक परीक्षा दिदाँपनी अङ्क ६० को ६५ हुन सक्दैन अनि जब होस्टलमा जलस्रोतको धनी दाल र खाइलाग्दा मोटा चामलका भात खान पर्छ अनि सुस्त सुस्त गलिदै गहिन्छ ।

त्यसपछि क्रमशः दोस्रो तेस्रो गरी अन्तिम बेन्च गर्दै होस्टलको बिस्तारामा बस्न थालिन्छ । सबै विषयका फरक किताब भन्दापनी फरक विषयका एउटै किताब पढ्न थालिन्छ । अनि आउँछ परीक्षा, परीक्षा दिइसकेपछी भने सबैलाई नाम निस्किन्छ झैँ लाग्छ तर नतिजा आउँदा धेरैको कि बढी आउँछ कि कम सोचेको जस्तो र आफ्नो खुबी जस्तो कमैको आउँछ ।त्यही हो इन्ट्रासको एउटा फाइदा र्हुदोरहेछ । फाइदा के भने अब राजधानीमा झ्याप्पै हराइदैन किन्तु एउटा बेफाइदा के हुदोरहेछ भने प्रश्नको उत्तर यो हो कि त्यो, यो हो कि त्यो भनेर शंखा गर्दा गर्दा शंखालु स्वभाव हुदोरहेछ ।