ज्योतिष भन्छन्, 'प्रधानमन्त्रीको ७०औँ वर्ष सुखद् नहोला जस्तो देखियो’ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ज्योतिष भन्छन्, ‘प्रधानमन्त्रीको ७०औँ वर्ष सुखद् नहोला जस्तो देखियो’



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको आज जन्मदिन हो । उनी आजबाट ७०औँ वर्षमा प्रसेश गरेका छन् । प्रधानमन्त्री ओलीलाई समर्थकले जन्मदिनको शुभकामना दिइरहेका बेला ज्योतिष सुनिल सिटौलाले भने उनको यो वर्ष त्यति सहज नभएको बताएका छन् ।

ज्योतिष शास्त्र अनुसार प्रधानमन्त्री ओलीको यो ७०औं वर्ष त्यति सुखद नहुने ज्योतिषी सिटौलाले सामाजिक संजालमै उल्लेख गरेका छन् ।

ट्विटरमार्फत ज्योतिष सिटौलाले समय सहज नभएको संकेत गर्दै उनले जन्म तिथि पारेर सम्बन्धितहरुले मुन्थाको दान आदी कार्यहरु गरिदिँदा उत्तम हुने सुझाव दिएका छन् ।

उनले लेखेका छन्–‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यु आजबाट ७० ओैं वर्ष प्रवेश गर्नु भएको छ। वर्ष कुन्डली लगाएत ज्योतिष शास्त्रका बिभिन्न नियमहरुलाई सुक्ष्म अध्ययन गर्दा ७० औ वर्ष त्यती सुखद नहोला जस्तो पो देखियो। जन्म तिथी पारेर सम्बन्धितहरुले मुन्थाको दान आदी कार्यहरु गरिदिदा उत्तम ।