प्रधानमन्त्रीले एकाएक सांसदहरुलाई किन बोलाए बालुवाटार ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रधानमन्त्रीले एकाएक सांसदहरुलाई किन बोलाए बालुवाटार ?



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक सांसदहरुलाई  बालुवाटार बोलाएका छन् । उपत्यकामा पर्ने तीन जिल्लाका सांसदहरुलाई प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका हुन्।

विवादित गुठी विधेयकको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सांसदहरुलाई बेलुका ३ बजे बालुवाटार बोलाएको स्रोतले जानेको छ ।

गुठी विधेयकलाई कसरी अगाडी बढाउन सकिन्छ र यसमा थप्नुपर्ने र सुधार गनुपर्ने कुराहरु केके होलान भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्रीले संसदहरुलाई आज ३ बजे बालुवाटार बोलाएको प्रधानमन्त्रीका प्रेसविज्ञ कुन्दन अर्यालले भने ।

प्रत्यक्ष रुपमा आफै संलग्न भएर यो विवादलाई प्रधानमन्त्रीले कसरी टुंग्याउन सकिन्छ भनेर प्रधानमन्त्री आफैले अगुवाई लिन खोजेको बताइएको छ ।

संसद्मान पेस भएको ‘गुठी विधेयक’ तत्काल खारेज र पुनर्लेखनको मागसहित राजधानीसहित देशका विभिन्न स्थामा प्रदर्शन भइरहेका छन्। देशकै पहिचान समाप्त गर्न गुठी विधेयक ल्याएको संसदलाई संस्कृति प्रेमीको आरोप छ।