प्रधानमन्त्रीलाई त टेर्दैनन कर्मचारी जनाताको सेवाको के आशा गर्नु ! - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

प्रधानमन्त्रीलाई त टेर्दैनन कर्मचारी जनाताको सेवाको के आशा गर्नु !



१६ साउन, काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको सडकका खाल्डा पुर्ने १५ दिने अल्टिमेटम दिएको सायदै थाहा नपाउने नेपाली कमै छौँ । तर राजाधानीको सडकमा कुनै सुधार छैन ।

सडकको हालत झन् खराब भइरहेको, खाल्डा झन् पछि झन् बढ्डै गएको, खाल्डाकै कारण दिनहुँ दुर्घटना बढ्दै गैरहेको, सवारी साधन पनि बाटोको कारणले बढी बिग्रने गरेको अवस्था छ ।

खाल्डा पुर्ने जिम्मा पाएका सरकारी निकायले आफ्नो जिम्मेवारीलाई निर्वाह गर्न त परै जाओस् , अहिलेसम्म गरेको कार्यप्रगति विवरण दिनसमेत अटेरी गरेका छन् ।
अहिले उपत्यकाका मुख्य सडकखण्डमा उस्तै जोखिमपूर्ण खाल्डा छन् । बितेका १५ दिनमा कतैकतै खाल्डा पुर्ने काम सुरु भयो तर देखाउनको लागि मात्रा वा भनौ झारा टाने शैलीको देखिन्छ ।

प्रधानमन्त्री जस्तो पदबाट निर्देशन दिँदा त कर्मचारीले वास्ता गर्दैनन भने जनताको काम बन्ला भन्ने आशा के गर्न सकिएला हाम्रो नेपालमा ।