प्रधानमन्त्रीको मृगौला फेर्न कति खर्च लाग्छ र कसले दिँदैछ मृगौला ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

प्रधानमन्त्रीको मृगौला फेर्न कति खर्च लाग्छ र कसले दिँदैछ मृगौला ?



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला पुनः प्रत्यारोपण गर्न अमेरिका जाने भएका छन् । उनले अहिले चलिरहेको हेमोडायलासिस नगरेर पुनः मिर्गाैला प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेका हुन्।

प्रधानमन्त्रीकी निजि चिकित्सक अमेरिका पुगेर पुनः प्रत्यारोपणको जोखिम र नयाँ प्रविधिबारे बुझेर नेपाल फर्किएकी छन् । उनि फर्केपछि अमेरिकामै उपचारको लागि जाने तय भएको स्रोतले बताएको छ।

ओलीको म्रोगौला प्रत्यारोपणका लागि छिमेकी देश चीन र भारतले पनि अफर गरेको बुझिएको छ । केहि महिना अगाडी मात्र सिङ्गापुरमा एन्टीबडी नस्ट गरेर फर्केका ओलीको मृगौलाले काम गर्न छाडेकाले टोखास्थित ग्राण्डी अस्पतालमा ३ पटक डाइलासिस गराइएको छ ।

मिर्गाैला प्रत्यारोपण गर्ने सम्बन्धमा भने प्रधानमन्त्री ओलीले आफ्ना निजी चिकित्सकका साथै आफन्तहरूसँग सल्लाह गरिरहेको बुझिएको छ । उनको उपचार अत्याधुनिक प्रविधिबाट गरिने भएकोले खर्च भने निकै महङ्गो हुने, करोडौँ रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ‘यत्ति नै लाग्छ भन्ने यकिन भैसकेको छैन तर निकै महङ्गो लाग्ने अनुमान छ ।’ बालुवाटार स्रोतले हिमालपोस्टलाई बतायो ।

प्रधानमन्त्री ओलीलाई दिइने मृगौलाको परिक्षण भैसकेको स्रोतले जनाएको छ । कसले दिने भन्ने बाहिर खुलाइएको छैन तर ओलीकै गृहजिल्लाका एक व्यक्तिले दिने भनिएको छ स्रोतले भन्यो ।