प्रधानमन्त्री दाहाल चिन्तामा : भन्छन्-‘राप्रपाले धोका दियो’ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रधानमन्त्री दाहाल चिन्तामा : भन्छन्-‘राप्रपाले धोका दियो’



 बैशाख २२ काठमाडौं

 

अब संविधान संशोधनको जिम्मेवारी कांग्रेस सभापति एवं शेरबहादुर देउवाको काँधमा पुगेको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुसँग आफ्नो कार्यकालमा संविधान संशोधन गर्न नसकिएकोमा दुख व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले धोका दिएको आरोप लगाएका छन् ।

दाहालले सबैभन्दा पहिले राजपाको सहयोग माग्नुभएको थियो । सरकार परिवर्तनको करिब दश दिन काँकी रहँदासमेत सरकार ढल्न सक्ने चिन्ताले प्रधानमन्त्रीलाई सताएको छ ।

प्रधानमन्त्रीले जेठ पहिलो सातासम्म आफ्नो सरकार टिकाइराख्न राजपाको सहयोग मागेका हुन् ।आजको नेपाल समाचारपत्रमा खबर छ ।