प्रधानमन्त्री सचिवालय सदस्यहरुको सामूहिक राजीनामा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रधानमन्त्री सचिवालय सदस्यहरुको सामूहिक राजीनामा



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा दिएका छन्। प्रधानमन्त्रीले शुक्रबार सल्लाहकार र सचिवालयका सदस्यसँगको छलफलमा राजिनामा दिन आग्रह गरेपछि उनीहरूले राजिनामा दिएका हुन् ।

प्रधानमन्त्री स्वयंले उनीहरूप्रति ठाडो असन्तुष्टि व्यक्त गरेपछि उनीहरूले राजिनामा दिन बाध्य भएको स्रोतले बताएको छ । यधपी प्रधानमन्त्री ओलीले राजिनामा दिएपछि आवस्यकता र कामको आधारमा बोलाउन सकिने बताएको पनि स्रोतले बताएको छ ।

स्रोतका अनुसार सबैलाई राजिनामा गर्न लगाएपनि सबैको राजिनामा स्वीकृत नगर्ने केहि विवादित र असक्षमहरूको मात्रै स्वीकार गर्ने बताइएको छ ।