यी हुन् प्रधानमन्त्री प्रचण्डको सचिवालयमा नियुक्त भएका सात जना - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यी हुन् प्रधानमन्त्री प्रचण्डको सचिवालयमा नियुक्त भएका सात जना



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरै नियुक्त भएका छन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वकीय सचिवालयमा दरैसहित ७ जनालाई नियुक्ति गरेका छन् ।

त्यस्तै, प्रधानमन्त्रीको स्वकीय सचिवमा भने रमेश मल्ल र गंगा दाहाल नियुक्त भएका छन् । माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेका उनीहरु यसअघि पनि खुमलटारमा प्रचण्डको स्वकीय सचिवका रुपमा कार्यरत थिए ।

स्वकीय सहसचिवका रुपमा सूर्यकिरण शर्मा, मनहरि तिमिल्सिना, गोर्कण भट्ट र शिव खकुरेलले नियुक्ति पाएका छन्। शर्माले प्रेस संयोजकको जिम्मेवारी पाएका छन् । माओवादी केन्द्र निकट प्रेस सेन्टरका उपाध्यक्ष समेत रहेका उनी यसअघि पनि प्रचण्डको प्रेस संयोजक थिए ।

तिमिल्सिना भने प्रेस विज्ञको रुपमा नियुक्त भएका छन् । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, जनसम्पर्क विज्ञ र आईटी विज्ञलगायत पदमा नियुक्ति गर्न बाँकी छ ।