प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै, लगत्तै मन्त्रिपरिषद बैठक - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै, लगत्तै मन्त्रिपरिषद बैठक



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलेल देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।

साढे ३ बजे समसामयिक विषय र कोभिड—१९ बारे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

मन्त्रिपरिषद् बैठक पनि बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आजपनि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । यसअघि हिजो पनि बैठक बसेको थियो । साढे ३ बजे देशवासीका नाममा सम्बोधन गरेपछि प्रधानमन्त्तीले ४ बजेका लागि बैठक बोलाएका हुन् ।

हिजोको बैठकले आन्तरिक तथा हवाई उडान सेवा बन्द गर्नेबारे निर्णय लिएको थियो । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसदबाट यही बैशाख २७ गते विश्वासको मत लिने पनि जानकारी गराएका थिए ।