पुणेमा भब्य रुपमा तिज कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पुणेमा भब्य रुपमा तिज कार्यक्रम सम्पन्न



हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तिज को अवसर मा नेजस पश्चिम भारत अंतर्गत पुणेका शाखाहरुद्वारा आयोजित तिज मिलन कार्यक्रम पुणे को मोहननगर मा भव्यरुपमा सम्पन्न भएको छ ।

क्षेत्रीय उपाध्यक्ष मान बहादुर खत्री को अध्यक्षता मा क्षेत्रीय सह-महासचिव केशर विष्ट ले सञ्चालन गरेको उक्त कार्यक्रममा केंद्रीय सह-महामंत्री भक्त चलाउने ले स्वागत मन्तव्य राख्नु भएको थियो ।

नेपाली काँग्रेस का पूर्व आमंत्रित केंद्रीय सदस्य महेन्द्र शर्मा, ने.का. कैलाली का पूर्व सह-सचिव रविन्द्र जोशी, क्षेत्रीय सह-कोषाध्यक्ष धीरेन्द्र शाही ले मन्तव्य राखेको कार्यक्रम मा केंद्रीय कोषाध्यक्ष बिराट श्रेष्ठ, केन्द्रीय सदस्य रतन केसी, समाजसेवी जयराज ओझा, ने.बि. सङ्घ भारत का पूर्व केन्द्रीय सदस्य डम्मर रावल, अखिल भारत नेपाली एकता मञ्च का दीपक परियार, प्रवासी नेपाली समाज का झनक भंडारी सम्पूर्ण क्षेत्रीय, शाखा का पदाधिकारीहरू लगायत महिला दिदी-बहिनीहरू को बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम सुरुवात देखी अंत सम्म जम्मा भएका दिदी-बहिनीहरू छमछमी नाचेका थिए । कार्यक्रम को अन्तमा उत्कृष्ट नृत्य प्रदर्शन गर्ने मध्य बाट तारा सुनार प्रथम, जमुना काफ्ले द्वितीय, निरामया सिजाली तृतीय, पबित्रा खत्री, सोना बम, मिना खत्री,दिपा जोशी लाई सांत्वना र उत्कृष्ट बाल नृत्य प्रदर्शन गरे बापत भावना धामी र अमिषा पार्की लाई पुरस्कृत गरिएको थियो ।14247533_1287089761309862_1599686007_o