कुशल मल्लले झारे पीएनजीको अर्को विकेट - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कुशल मल्लले झारे पीएनजीको अर्को विकेट



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले पपुवा न्युगिनी (पीएनजी)विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रियअन्तर्गत पहिलो खेल खेलिरहेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालले चौथो विकेट लिएको छ । कुशल मल्लले १३औँ ओभरको पाँचौँ बलमा विकेट लिएका हुन् । उनले लेगा सिकालाई ३० रनमा क्याच आउट गराए ।

यसअघि, नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका थिए । उनले १२औँ ओभरको पाँचौँ बलमा कार्लेस एमिनीलाई २३ रनमा आउट गरेका हुन् ।

नेपालका लागि विक्रम सोबले पहिलो र दोस्रो विकेट लिएका थिए । १३औँ ओभरको समाप्तिमा पीएनजीले तीन विकेट गुमाएर ५९ रन बनाएको छ ।