नारी (कविता) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नारी (कविता)



जीविका अश्रु,

जो नारी,
केवल नारी पहिचानका अङ्ग,
आफूमा भएकोमा गर्व गर्छिन।
मनमा दम्भ र दुरभाव पालेर।
भेषभुषामा र श्रीङ्गारमा मात्र सजिन्छिन
एक नारी जो तल्ला घरे नारीलाई नै
बोक्सीको आरोप लगाउछिन
बिना कारण,
बिना प्रमाण,
आफै जस्तै नारीलाई
बेश्या को सङ्ज्ञा दिन्छिन,
प्रतिशोधको भावना राख्छिन,

अह! ती नारी हैनन,

मैले जानेकी नारी,
मैले बुझेकी नारी,
मैले चिनेकी र सुनेकी नारी,

श्रम र पसिनाकी पर्याय हुन
वेदना व्यथाकी आँगन,हुन
उनलाई किताबमा हैन सम्मान,
कर्ममा गरून् दुनियाँले,
नारी जीवन हुन्
जीवनलाई नबिर्सुन

बुझुन
नारीविनाकाे दुनियाँ
एकपल पनि अडिने छैन।

नारी त
सागर हुन भावनाकी
प्रेरणाकी पोखरी
समय चेतना भएकी
व्यवहार ज्ञान भएकी
सन्तानस्नेहले स्निग्ध
सचेत
मायालु
प्रतिरोध क्षमता भएकी
आशुका ठाउँमा शब्द
हारका ठाउँमा जीत
इर्ष्याका ठाउँमा सद्भाव भएकी
आमा हुन् उनी सृजनाकी धर्ती,
स्नेहले जीवन भर्ने उनकाे शक्ति,
नारी कसैका साेकेसका सर्दाम हैनन्,
सन्तानका निम्ति मेसिन मात्र नदेखुन कसैले,
आवरणमा छुनुमुनु सुनकी परी नलेखुन कसैले।
देवी बनाएर पूजा हैन, नारीलाई
सम्मान गरुन सबैले
त्यसैले ,
नारी,
म तिमीलाई सृष्टिकै जननी भनेकाे सुन्न चाहन्छु।।

सिच्चे ,गान्तोक
सिक्किम